धनुषामा जलेको अवस्थामा भेटिएकी बालिकाको सामुहिक बलात्कारपछि हत्या भएको पुष्टि



हाम्रो इकोनोमि

 

फागुन २ मा आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी जनकपुरकी ११ वर्षीया बालिका दुतिया रैसेलीको बलात्कारपछि हत्या भएको खुलासा भएको छ।

सुरुमा जिउँदै जलाएर हत्या गरिएको आंशकामा अनुसन्धान गरिरहेको प्रहरीले घटनाका मुख्य आरोपी पक्राउ गरेपछि रहस्य बाहिर आएकाे हाे। प्रहरी अनुसन्धानमा बालिकाको बलात्कारपछि हत्या गरिएको र शवको पहिचान लुकाउन जलाएको रहस्य खुल्न आएकाे हो।

प्रदेश २ प्रहरीको विशेष टोलीकाे प्रारम्भिक अनुसन्धानमा बालिकामाथि चार जनाले सामूहिक बलात्कार गरेको खुल्न आएको हो। प्रहरीले घटनामा संलग्न सबैकाे पहिचान र केहीलाइ पक्राउ गरेकाे छ।

प्रदेश प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले धनुषा घटनामा उपलब्धि हात लागेको सटिक जवाफ दिए। उनले घटनामा संलग्नहरुको पहिचान भइसकेको र पक्राउ परेको पुष्टि गरेका छन्। प्रदेश प्रहरीका सई सागर राणाको नेतृत्वमा घटनाको अनुसन्धान भइरहेको थियो।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले घटनाकाे अनुसन्धानका लागि प्राविधीक सहयाेग गरिरहेकाे थियाे।

मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलीकी  ११ वर्षीया छोरी दुतिया रैसेली फागुन १ गते गाउँमै बिहेभोज खान गएकी थिइन्। उनकाे शव घरभन्दा केही पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा त्यसकाे भाेलिपल्ट बिहान १० बजे फेला परेको थियो।

स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। आधा जलेको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा पठाएर थप अनुसन्धान भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...