यी हुन् छाया मन्त्रीका दाबेदार, गगनलाई यसरी किक हाने देउवाले



हाम्रो इकोनोमि

 

सरकारको निगरानी गर्न कांग्रेसले गठन गर्न लागेको छाया सरकारमा मन्त्री बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन् । रुचि भएका तीनवटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदासमेत ६३ मध्ये १० सांसदले मात्र नाम टिपाएका छन् । सांसदलाई नाम टिपाउन कांग्रेसले एक हप्ताको समय दिएको थियो ।

 

 

संसदीय दलको २४ पुसको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रालयको काम–कारबाही नजिकबाट निगरानी गर्न छाया सरकार गठन गर्ने निर्णय गर्दै नाम टिपाउन सांसदलाई आग्रह गरेको थियो । प्राथमिकताका आधारमा तीन मन्त्रालय छान्न कांग्रेसले ६३ सांसदको नामसहितको फाराम २४ पुसदेखि दलको कार्यालय सिंहदबार र संसद् भवन बानेश्वरमा राखेको छ । कांग्रेसले मन्त्रालयगत संयोजक र तीनजनासम्म सदस्य बनाएर छाया सरकार चलाउने तयारी छ ।

 

साथीहरूले नाम दिएपछि छाया सरकार बन्छ : बडू
प्राथमिकतामा राखेर एक हप्ताभित्र तीन–तीनवटा मन्त्रालयको नाम दिन भनेका हौँ । साथीहरूले टिपाइरहनुभएको छ । नाम आएपछि दलको कार्यसमितिले छाया सरकारमा मन्त्रालय हेर्ने संयोजक र सदस्य तोक्छ । निवेदन दिने समय सकिएपछि हामी छाया सरकार टुंग्याउँछौँ ।

 

संसद्को राज्यव्यवस्था समितिमा छु, त्यसैले गृह मन्त्रालय रोजेँ : दिलेन्द्रप्रसाद बडू
हामी राज्य व्यवस्था समितिमा छौँ । एउटा समितिमा बस्ने र अर्को मन्त्रालय रोजेर काम छैन । अर्को मन्त्रालय रोज्दा उसका काम–कारबाही र विधेयकबारे पनि जानकारी हुँदैन । तसर्थ आफ्नो समितिअन्तर्गतको मन्त्रालयका कामबारे धेरै जानकारी हासिल गर्न र सरकारलाई खबरदारी गर्न समिति जोडिने मन्त्रालय छानेको हुँ । अर्को मन्त्रालय रोज्दा समितिका लागि एउटा तयारी र छाया सरकारका लागि अर्को तयारी गर्दा विषय बाझिन्छ र काम प्रभावकारी हुँदैन ।

 

रक्षा मन्त्रालय चलाइसकेको छु, शिक्षामा पनि रुचि छ: भीमसेनदास प्रधान
मैले यसअघि पनि रक्षा मन्त्रालय चलाइसकेको छु । शिक्षामा पनि रुचि छ । आफूलाई अनुभव भएको र काम गर्न सहज हुन्छ भनेर मैले यी मन्त्रालय रोजेको हुँ । आफूले काम गरिसकेको मन्त्रालयको जानकारी धेरै हुने भएकाले सरकारका कामलाई नजिकबाट निगरानी गर्न सजिलो हुन्छ ।

 

दुई–दुईपटक गृह राज्यमन्त्री भएँ, त्यसैले गृह मन्त्रालय छानेँ : देवेन्द्रराज कँडेल
मसँग दुई–दुईपटक गृह राज्यमन्त्री भएर चलाएको अनुभव छ । साथै, मेरो अनुभव, रुचि र स्वभावले पनि गृह मन्त्रालयलाई मैले पहिलो प्राथमिकतमा राखेको छु ।

 

नजिकबाट निगरानी गर्न सक्ने, आफ्नो पफर्मेन्स देखाउन सक्ने भएकाले पनि गृह मेरो रोजाइमा परेको छ । पछिल्ला समय हत्या, हिंसा, बलात्कारका घटनामा राज्यका संयन्त्रले दोषी पत्ता लगाउन सकेका छैनन् । यस्ता घटनामा सरकारलाई थप सचेत बनाउन दबाब दिन सकिन्छ भन्ने मलाई लागेको छ ।

 

म पनि राज्यव्यवस्था समितिमा छु, त्यसैले गृह र रक्षा मन्त्रालय मागेँ : डा. डिला संग्रौला 
राज्य व्यवस्था समितिअन्तर्गत नै संघीय मामिला तथा सामान्य प्रशासन, गृह, रक्षा मन्त्रालय पर्छन् । मन्त्रालयको काम–कारबाही, विधेयकबारे पनि धेरै जानकारी भइसकेको छ । त्यसकारण काम गर्न सहज हुन्छ भनेर यी मन्त्रालय छानेकी हुँ । पछिल्लो समय हत्या र हिंसाका घटनामा जवाफदेही र जिम्मेवारी ढंगले राज्यले काम गर्न सकेको छैन । प्रभावकारी खबरदारी गर्न यी मन्त्रालय रोजेकी हुँ ।

 

विकासमा तराई पछाडि परेकाले भौतिक मन्त्रालय छानेँ : देवप्रसाद तिमल्सेना 
विकासको दृष्टिले तराई धेरै पछाडि परेको छ । त्यसैले मैले भौतिक पूर्वाधार मन्त्रालय छानेको हुँ । विकासकै दृष्टिले पनि रौतहट धेरै नै पछाडि छ । ७७औँ स्थानमा छ ।

 

त्यसैले सरकारलाई थप दबाब दिएर काम गर्न सकिन्छ भनेरै मैले यो मन्त्रालयलाई पहिलो नम्बरमा राखेको हुँ । अरूले के गर्नुभयो थाहा छैन । तर, पार्टीले भनेपछि मैलेचाहिँ समयमै फारम भरिदिएँ ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...