हेटौंडा १२ मा एमालेका उम्मेदवार राजेश नगरकोटीले जित्ने बजार हल्ला



हाम्रो इकोनोमि

 

 

 निर्वाचन आयोगले रिक्त स्थानमा मंसीर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पनि चर्चामा रहेको छ । १२ नम्बर वडामा वडा अध्यक्ष पदकालागि निर्वाचन हुँदैछ । वडा अध्यक्षका लागि नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र नेकपा (एमाले) मुख्य प्रतिष्प्रर्धीका रुपमा देखा परेका छन् । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा यी तीन पार्टीबीच तीब्र प्रतिस्पर्धी भएको थियो । हालसम्म अहिलेको निर्वाचनमा पनि त्यही अवस्था देखिन्छ ।
गत चुनावमा हेटौंडा–१२ माओवादी केन्द्रका ललितबहादुर घलानले १ हजार ३ सय ७१ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अर्जुनप्रसाद तिवारीले १ हजार ३ सय ४० मत पाएका थिए ।यस्तै, एमालेका राजेश नगरकोटीले १ हजार ३ सय २५ मत पाएका थिए । गत निर्वाचनमा तीनदलका उम्मेदवारबीचको मतान्तरमा खासै फरक छैन् । विजय भएका माओवादीका घलान र दोस्रो भएका काँग्रेसका तिवारीबीच ३१ मतको मात्र फरक थियो । यस्तै विजयी घलान र तेस्रो भएका एमालेका नगरकोटी ४६ मतको अन्तर थियो । दोस्रो भएकातिवारी र नगरकोटीबीच भने १५ मतको मात्र फरक थियो । माओवादीबाट वडा अध्यक्षमा विजयी घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि उक्त स्थान खाली रहेको थियो । जुन स्थानका लागि निर्वाचन आयोगले निर्वाचन गराउन लागेको हो । जसका लागि माओवादीले रवीन प्रधानलाई वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसहमत निर्णय रहेको छ । यस्तै एमालेले पनि राजेश नगरकोटीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । गत स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार रहेका नगरकोटी यसपटक पनि सर्वसहमत उम्मेदवार छनौट भएका हुन् । काँग्रेसले भने अझै वडा अध्यक्षको उम्मेदवारको टुंगो लगाउन सकेका छैन् ।  गत निर्वाचनमा तीनै दलका उम्मेदवारले पाएको मतलाई हेर्दा चुनावमा कसले बाजी मार्छ अनुमान लगाउन सक्ने अवस्था नरहे पनि एमालेका उम्मेदवार राजेश नगरकोटीले बिजय हाँसिल गर्ने स्थानीय मतदाता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाबाट जनताको भरोसा पूरा हुँदैन : कुलमान

     उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाबाट जनताको आशा र भरोसा...

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको योजना

    विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स...

बजारमा पर्याप्त मात्रामा आउन थाल्यो नेपाली आँप

    काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा...

मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकलबाट लडेका छन् । उदयपुरको...