आन्दोलन शान्तिपूर्ण बनाउनू : रवि लामिछाने



 

 

मंगलबारदेखि रुपन्देही प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले बुधबार नेताहरूसँग भेटघाट गरेका छन् । लामिछानेले बुधबार बिहान पार्टीका नेतासँग अलग-अलग भेटेर बाहिरी अवस्था बुझेका छन् भने आवश्यक निर्देशन पनि दिएका छन् । बुधबार बिहान रास्वपाका सहकोषाध्यक्ष दीपक बोहरा, संगठन विभाग प्रमुख शंकरकुमार श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकलगायतका नेताले अलग-अलग भेटेका थिए । उनले आफूलाई भेट्न आएकासँग न्यायिक पद्धतिलाई सघाउन तयार भएपनि सरकारले प्रतिशोध राखेरै बयान लम्ब्याएको र मानसिक दबाब दिन खोजिरहेको बताएका छन् । यद्यपि ढुक्क भएर आफ्नो भनाइ राखिरहेको उनले बताएका छन् । आन्दोलनलाई शान्तिपूर्ण र सौहार्दपूर्ण बनाउन नेतृत्वलाई आग्रह गर्दै सरकारले प्रतिशोधमा फसाउनेगरी बनाएका रणनीति सफल नहुने भन्दै ढुक्क रहेर साथ दिन आग्रह गरेको भेटका लागि गएका एक नेताले बताए । मंगलबार पोखराबाट जहाजमा ल्याइएका रविको साढे १२ बजेदेखि साँझ ६ बजेसम्म मौखिक बयान लिइएको थियो । प्रहरीले उनलाई केही समय आराम गर्न भनेपनि आफू बयानका लागि तयार भएको बताएपछि बयान तत्काल सुरू गरियो ।रविलाई भेट्न पुगेकाहरूले आन्दोलन र समसामयिक परिवेशको जानकारीसँगै आन्तरिक योजनाको छलफल गरेका छन् । रास्वपा लुम्बिनी अध्यक्ष देवराज पाठकले सभापति न्यायिक प्रोसेसलाई सघाउन तयार भएको र उच्च मनोबलका साथ बसेको बताए । ‘मैले बिहान १० मिनेट हिरासतमै भेटेर आएँ, अरु केही साथीहरूले पनि भेट्नुभएको छ, उहाँले न्यायिक प्रोसेसलाई खुलेर सघाउने जनाउनुभएको छ’ पाठकले  भने, ‘सरकारले प्रतिशोध राखेर यति धेरै समय लिइरहेको छ, थकाउन खोजिरहेको छ, बाहिरको माहोल कस्तो छ ? जसरी पनि आन्दोलनलाई शान्तिपूर्ण बनाउनुहोस्, अराजक बनाएर गलत तत्वले हामीलाई आक्षेप लगाउने हुनसक्छ, त्यसमा सचेत हुनुपर्छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
आगलागीबाट मोरङमा २ बालबालिकाको मृत्यु, ८ घर जले

     मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्रहरी महानिरीक्षकमा दिपक थापा

    सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको

माओवादी तत्काल सरकारमा नजाने

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा रहेका पार्टीका प्रमुखसहित

लागू औषध नियन्त्रणका लागि सांसद तामाङको सरकारलाई कडा नीति अपनाउने आग्रह

    प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले नेपालमा लागू औषध दुर्व्यसन बढ्दै गएको