नेकपा एसका केन्द्रीय सदस्य शाही एमालेमा प्रवेश, दैलेखको महावु पालिका जित्ने पक्का



हाम्रो इकोनोमि

 

पार्टीको कर्णाली प्रदेश अधिवेशन चलिरहेका बेला नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जंगबहादुर शाही नेकपा एमालेमा प्रवेश गरेका छन् । दैलेख जिल्लाका प्रभावशाली नेता शाही उपनिर्वाचनको मुखैमा एमाले प्रवेश गरेका हुन् । दैलेखको महावु गाउँपालिका अध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । २०७४ मा सोही गाउँपालिका अध्यक्ष जितेका शाही नेकपा एसमा लागेपछि २०७९ को चुनावमा एमाले हारेको थियो । मंगलबार कर्णालीका मुख्यमन्त्री एवम् एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले उनलाई पार्टीमा भित्र्याएका छन् । अध्यक्ष शाही यसअघि समाजवादीको जिल्ला अध्यक्षसमेत भइसकेका नेता हुन् । नेकपा एसका प्रदेश अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अम्मरबहादुर थापाका निकटस्थ मानिने केन्द्रीय सदस्य शाहीको एमाले प्रवेशले दैलेखमा खैलाबैला मच्चिएको छ । शाही गत स्थानीय तह निर्वाचनमा पुनः नेकपा एसबाट अध्यक्ष उम्मेदवार बनेर २,२६८ मत पाएका थिए । एमालेका हरिप्रसाद उपाध्यायले २,५०० मत पाउँदा कांग्रेसका लछुमान गुरुङ २,९०० मतका साथ विजयी भएका थिए । गुरुङको निधनपछि यहाँ मंसिर १६ मा उपचुनाव हुँदैछ । शाहीसँगै नेकपा एसका कार्यकर्ताहरु एमाले प्रवेशले महाबुको उपचुनाव जित्ने पक्का देखिएको छ । एमालेको दैलेख सचिव छाडेर नेकपा एसमा लागेका शाहीलाई फेरि महाबुको अध्यक्षको उम्मेदवार बनाउने तयारी भएको बताइएको छ । यसअघि गत कात्तिक २४ गते बसेको एमाले सचिवालय बैठकले ३३ ठाउँका उम्मेदवार तय गरे पनि शाहीलाई भित्र्याउने तयारीस्वरूप महाबुको भने टुंग्याउन बाँकी राखेको थियो । अब शाहीलाई उम्मेदवार बनाउने एमाले स्रोतले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...