जेलभित्रआफैंले निर्माण गरेको टहरामा मनाङे, साथी विकल पौडेल



हाम्रो इकोनोमि

 

 

ज्यान मार्ने उद्योगमा ५ वर्षको कैद भुक्तानका निम्ति डिल्लीबजारस्थित सशस्त्र अनाश्रित गुल्म (चारखाल कारागार) चलान गरिएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) आफैंले १९ वर्ष पहिले निर्माण गरेको टहरामा बसेका छन् । मंगलबार बिहान सानोभर्‍याङस्थित कम्फोर्ट हाउजिङबाट पक्राउ परेका मनाङेलाई प्रहरीले शुरूमा लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्युरोमा (सीआईबी) मा र त्यसपछि उच्च अदालत पाटनमा पेश गरेको थियो । अदालतको आदेशअनुसार उनी डिल्लीबजार कारागार चलान भएका हुन् । कारागारमा हाजिर गराइनासाथ उनले त्यहाँको ब्लक ‘ख’ नै रोजे, जहाँ आफैँले बनाएको दुई कोठे सुविधासम्पन्न टहरा छ । कारागारभित्र मनाङेका साथी भएका छन्, सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) घोटाला प्रकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...