यस्तो देखिन्छन् कोमोलिका लुक्समा हिना खान, पब्लिक डिमाण्डमा सेयर गरिन् अर्को तस्वीर



हाम्रो इकोनोमि

 

एजेन्सी । अभिनेत्री हिना खानले ‘कसौटी जिन्दगी २’मा कोमोलिकाको भुमिका निभाइरहेकी छन् । यस शोमा हिनाको नेगेटिभ भुमिका रहेको छ । शोमा उनले प्रेरणा र अनुरागको जीवनमा विष मिसाउने काम गर्छन् । उनको भुमिका नेगेटिभ भएपनि दर्शकहरु उनको लुक्सको दीवाना बनिसकेका छन्

भर्खरै मात्र हिना खानले आफ्नो शोको कोमोलिका लुक्स सोसल मिडियामा सेयर गरेकी छन् । जहाँ लेहेङ्गा र चोली पहिरनमा सजिएकी छन् । यस तस्वीरलाई ६ घण्टामै लाखौं दर्शकहरुले लाइक र सेयर गरेका छन् । हिना खानको यो तस्वीर दर्शकहरुले यति धेरै रुचाए कि अर्को तस्वीर सेयर गर्न डिमाण्ड समेत गर्न भ्याए ।

यता अभिनेत्री हिनाले पनि आफ्नो दर्शकहरुको इच्छालाई पूरा गरेकी छन् । यसै लुक्सको हिनाले अर्को तस्वीर पनि इन्स्टाग्राममा सेयर गरिन् । कसौटी जिन्दगीमा एक ताका हिनाले दर्शकहरुको राम्रो साथ पाएकी थिइन्, यसै कारण दोस्रो सिरिजमा पनि निर्माता एकता कपूरले लिएर आएकी हुन् ।

शोमा कोमोलिकाका भुमिकामा हिना पूर्ण रुपमा पर्फेक्ट देखिरहेकी छन् । शोमा उनको ट्र्याक सुरु हुन लागेको छ । अहिले टिआरपीमा शोले खासै कमाल गर्न सकिरहेको छैन । तर हिनाको इन्ट्रि पश्चात शोको टिआपीले तहल्का मच्चाउने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...