२५ रुपँयामा १ किलो ‘शंखेकिरा’



 

 

शंखेकिराले बिगविगी मञ्चाउन थालेपछि रामपुर नगरपालिका वडा नम्बर ६ ले शंखेकिरा खरिद गर्न थालेको छ । किसानले लगाएका तरकारी तथा फलफुल जन्य उत्पादन शंखेकिराले निमास पार्न थालेपछि यसको रोकथामको लागि वडा कार्यालयले किसानबाट २५  रुपँया प्रतिकिलो शंखेकिरा खरिद गर्न लागेको हो ।

नगरको यो वडामा शंखेकिरा मास्न समस्या भयो–वडाध्यक्ष हुमनाथ न्यौपानेले भने–‘‘स्वर्तर्फुत शंखेकिरा टिपेर दिनेलाई प्रोत्साहन र किराको निराकरण गर्न यो अभियान थालेका हौ’’ । आफ्ना खेतबारी छेउका शंखेकिरा मार्न उहाँहरु पनि उत्तिकै चिन्तित हुनुहुन्छ न्यौपानेले थपे–त्यसैले यो उपाँय निकालेका हौ ।

 यस वडामा बिगत २ बर्षदेखि शंखेकिरा छ्यापछ्याप्ती निस्किएको छ । किसानको गुनासो आएपछि नियन्त्रणको कार्यक्रम गतबर्षदेखि नै ल्याएको न्यौपानेले बताए  । गतबर्ष वडा कार्यालयले शंखेकिरा फैलिएपछि किसानलाई पायक पर्ने टोलमा नुन बितरण गरेको थियो । कृषि प्राविधिकका अनुसार यो किरा मार्न नुनको प्रयोग गर्न सकिने सल्लाहमा वडाले नै किसानलाई पायक पर्ने पसलबाट नुन बितरण गरेका हौ वडाध्यक्ष न्यौपानेले भने ।

 तर वडामा अझै पनि शंखेकिरा निर्मुल हुन नसकेपछि वडाले एकातर्फ किरा विस्थापन गर्ने र अर्को तिर किसानलाई आयआर्जन हुने गरि प्रतिकिलो २५ रुपँयामा शंखेकिरा लिने निर्णय गरेको हो । आर्थिक रुपमा समृद्ध वडालाई प्राथमिकता दिदै वडाले किसानलाई आम्दानी पनि हुने गरि योजना ल्याएको जनाएको छ । जो कोही वडाबासीले शंखेकिरा बट्याएर वडाले तोकेको केन्द्रमा बुझाउछ त्यसको परिमाणको आधारमा रकम दिने व्यवस्था वडाले गरेको छ ।

बिजयपुर, प्याक्लुक, तालपोखरा, तिलकपुर डल्लेचौतारी क्षेत्रलाई पायक पर्ने गरि वडाका बिभिन्न ४ स्थानमा सङ्कलन केन्द्र तोकेको छ । तोकिएका केन्द्रमा शंखेकिरा बुझाएर प्रतिकिलो २५ रुपँया उनीहरुले पाउने गर्छन् । अहिले केन्द्रमा शंखेकिरा जोख्न भ्याइनभ्याई छ । हालसम्म २ कुइन्टल बढी शंखेकिरा सङ्कलन भइसकेको वडा सचिब बासुदेब ढकालले बताए ।

 किसानले शंखेकिरा नियन्त्रणका लागि गतबर्ष नुन राखेर खाल्डोमा पुर्ने, प्लाष्टिकमा जम्मा गरि सडकमा गाडीको प्राङ्ग्राले कुचाएर नियन्त्रणको प्रयास पनि गरेका थिए । त्यसपछि वडा कार्यालयले किसानलाई नुन बितरण गरेको थियो । शंखेकिरा मारेर जथाभावी दुर्गन्धले अर्को जोखिम निम्त्याउन सक्ने भन्दै नुन हालेर खाल्डोमा बिस्थापित गरेको थियो । यसको संक्रमण कम हुनुको साटो नगरका अन्य वडामा पनि फैलिएको छ ।

 स्थानीय तहमा वडा नम्बर ६ ले मात्र सामुहिक नियन्त्रणको प्रयास थालेको हो । बिषादीको प्रयोग गर्दा थप समस्या हुने भएकाले यसको रोकथामको लागि शंखेकिरा र यसको लार्भा नष्ट गर्न नुन नै हालेर पुर्नुपर्ने कृषि सेवा शाखा प्रमुख रामहरि पाण्डेले बताए । किसानले लगाएका तरकारी नसप्रदै किराले काटेको छ पाण्डेले भने–यसको न्युनिकरणको उत्तम उपाय नुनको प्रयोग गरि खाल्डोमा बिस्थापन बिधि नै हो ।

ओसिलो जमिनमा बढी फैलने शंखेकिराको नियन्त्रणको लागि वडाको यो काम उदारणीय भएको कौवाकी किसान सीता देवकोटाले बताए  । गतबर्ष देवकोटाले ५ रोपनी क्षेत्रफलमा लगाएको काक्रा, लौका, करेलाको बोटको पात खाइदिने डाढ काट्ने र बोट नै खाइदिएर सताएपछि उनको लगानी पनि उठेको थिएन ।

 यस्तै अर्का किसान बिष्णु गैरेले आम्दानी होला भनेर गरेको तरकारी शंखेकिराले सखाप पारी उत्पादन लिन नसकेपछि आफुहरु चिन्तित भएको बताए । वडाको यो अभियानले उनिहरु जस्तै वडाका धेरै किसानलाई राहत मिलेको छ । अब किसान आफ्ना खेतबारी वा बाटो घाटोका शंखेकिरा संङ्कलन गरि आम्दानी नै गर्न सक्ने गरि कार्यक्रम ल्याएपछि यसको न्युनिकरण हुनेमा आशाबादी छन् ।

प्रतिक्रिया दिनुहोस
समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष प्रेस चौतारीमा प्रवेश

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको

सरकारले दल फुटाउने अध्यादेश ल्याउन खोजेको विपक्षी दलको आशंका

    विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी,

माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै

  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा