माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका लागि एमालेले ढोका खुला नगरेको बताएका छन् । शुक्रबार एकीकृत समाजवादीको जनवर्गीय संगठन समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी लगायतलाई पार्टी प्रवेश गराउँदै उनले माधव नेपाललाई एमालेले ढोका खुला नगरेको बताएका हुन् । हार्दिकतापूर्वक स्वागत गर्ने हो भने विश्वमणि होइन माधव नेपाल आउनुहुन्छ तर, हामीले माधव नेपालको लागि ढोका खोलेको छैनौं,’ उनले भने । उनले अगाडि थपे, ‘तर उहाँले जुन गल्ती गर्नुभएको छ त्यो गल्तीबापत उहाँलाई स्वागत गर्ने पक्षमा एमाले छैन । त्यसैले उहाँले अरुलाई रोक्न खोज्नुभएको छ । एमालेले सम्मान दियो भने माधव नेपाल एमालेमा तत्काल फर्कने उनको जिकिर छ ।

२० प्रतिशत केन्द्रीय सदस्य र जनप्रतिनिधिले पार्टी फुट्ने अध्यादेश ल्याउँदा पनि एमाले नसिद्धिएको भन्दै महासचिव पोखरेलले भने, ‘अध्यादेशले पार्टी बन्ने र सिद्धिने भन्ने होइन तर, अध्यादेश आयो भने पार्टी सिद्धिन्छ भन्ने त्रासपूर्ण मनोविज्ञानले पार्टी जोगिंदैन ।’ चुनावको घोषणा हुनासाथ नबन्ने पार्टीमा नेताहरू अडिएर बस्न नसक्ने महासचिव पोखरेलको जिकिर छ । ‘पार्टीमा भविष्य छैन भन्ने ठानेपछि नेता कार्यकर्ताले भविष्य खोज्छन्’ उनले भने, ‘इतिहास जहिले पनि शिक्षा र यात्रा लक्ष्यमा आधारित हुन्छ । इतिहासले मात्रै यात्रा अगाडि बढ्दैन ।

नेता पोखरेलले अगाडि थपे, ‘भविष्यका प्रश्नमा केन्द्रित भएर अगाडि बढ्ने प्रयास गर्नुपर्छ । समाजवादी बिदा हुँदैछ, एमाले जनताको लागि स्वीकार्य हुँदैछ । एकीकृत समाजवादीको प्रमुख नेतृत्व बाहेक अरुलाई एमालेको ढोका खुला रहेको उल्लेख गर्दै उनले भने, ‘दुर्घटनाको नायक नायक नै हुन्छ । साथ दिनेहरू सबै जिम्मेवार हुँदैनन् ।

प्रतिक्रिया दिनुहोस
बालेन र मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्तरूपमा शिलान्यास

    प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको...

नेपाल-भारतबीच भएका आठ समझदारी

  प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ ।...

मोदीले हिन्दीमा बोले, बालेनले नेपालीमा

    भारत भ्रमणमा रहेका प्रधानमन्‍त्री वालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त...

चुनावमा एमालेसँग मिल्ने सहमति भइसक्यो : प्रचण्ड

    नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्थानीय र प्रदेशसभाको निर्वाचनमा एमालेसँग मिलेर...