समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै



हाम्रो इकोनोमि

 

समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा प्रवेश गर्ने भएका छन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस सङ्गठनका अध्यक्ष सुवेदी एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारीमा जान लागेका हुन् । एमाले महासचिव शंकर पोखरेलले उनलाई आज पार्टीमा प्रवेश गराउने तयारी गरेका छन् । यसकालागि बागबजारको एउटा होटलमा कार्यक्रमको आयोजना गरिएको एमालेले जनाएको छ ।

पत्रकार महासंघको चुनावका क्रममा सुवेदीसँग पार्टी नेतृत्व असन्तुष्टि रहदै आएको थियो । नेकपा एकीकृत समाजवादीका पूर्व प्रचार विभाग सदस्य समेत रहेका सुवेदीलाई पार्टीको प्रतिष्ठामाथि आँच आउनेगरी विचार तथा समाचार लेखेको भन्दै बिहीबार मात्र स्पष्टीकरण सोधेको थियो ।

संगठन छोड्ने सोचमा रहेका सुवेदीलाई पार्टीको स्पष्टिकरणले चौतारी प्रवेशका लागि थप सजिलो बनाइदिएको छ । पार्टी विभाजन हुनु अघि सुवेदी प्रेस चौतारीका उपाध्यक्ष थिए । पार्टी विभाजनपछि माधव नेपाललाई साथ दिदै सुवेदीले एमाले परित्याग गरेका थिए । चलायमानमध्येको एउटा संगठनको अध्यक्ष नै अर्को पार्टीमा जाने भएपछि समाजवादी नेतृत्वमाथि कार्यकर्ता टिकाउन नसकेको आरोप लागेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...