समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै



हाम्रो इकोनोमि

 

समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा प्रवेश गर्ने भएका छन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस सङ्गठनका अध्यक्ष सुवेदी एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारीमा जान लागेका हुन् । एमाले महासचिव शंकर पोखरेलले उनलाई आज पार्टीमा प्रवेश गराउने तयारी गरेका छन् । यसकालागि बागबजारको एउटा होटलमा कार्यक्रमको आयोजना गरिएको एमालेले जनाएको छ ।

पत्रकार महासंघको चुनावका क्रममा सुवेदीसँग पार्टी नेतृत्व असन्तुष्टि रहदै आएको थियो । नेकपा एकीकृत समाजवादीका पूर्व प्रचार विभाग सदस्य समेत रहेका सुवेदीलाई पार्टीको प्रतिष्ठामाथि आँच आउनेगरी विचार तथा समाचार लेखेको भन्दै बिहीबार मात्र स्पष्टीकरण सोधेको थियो ।

संगठन छोड्ने सोचमा रहेका सुवेदीलाई पार्टीको स्पष्टिकरणले चौतारी प्रवेशका लागि थप सजिलो बनाइदिएको छ । पार्टी विभाजन हुनु अघि सुवेदी प्रेस चौतारीका उपाध्यक्ष थिए । पार्टी विभाजनपछि माधव नेपाललाई साथ दिदै सुवेदीले एमाले परित्याग गरेका थिए । चलायमानमध्येको एउटा संगठनको अध्यक्ष नै अर्को पार्टीमा जाने भएपछि समाजवादी नेतृत्वमाथि कार्यकर्ता टिकाउन नसकेको आरोप लागेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...