चर्चभित्र बाल यौन शोषण : पोप फ्रान्सिसले भगवानसँग मागे माफी
आयरल्याडको चर्चमा बालबालिकामाथि भएका यौन यौनहिंसाका घटनालाई लिएर इसाइ धर्मका सर्वोच्च गुरू पोप फ्रान्सिसले आइतबार भगवानसँग क्षमा याचनासहित माफी मागेका छन् ।
क्याथोलिक क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसले आयरल्यान्डका चर्चमा भइरहेको बालबालिकाको यौन शोषणको घटनामा भगवान्सँग माफी पनि मागेका हुन् ।
केही दिनअघि आयरल्यान्डको चर्चमा वर्षौंदेखि बालबालिकामाथि यौन शोषण गरिएको घटना बाहिरिएको थियो । त्यसपछि संसारभर आलोचना भएको थियो । । यो घटना सार्वजनिक भएपछि पोपको आयरल्याड भ्रमणलाई गम्भीररूपमा हेरिएको थियो ।
आयरल्यान्ड भ्रमणका क्रममा पोपले राज्यको एक कार्यक्रममा भाग लिँदै यौन शोषणको शिकार भएकाहरूलाई पनि भेटेका थिए । ‘चर्चका लागि यो लज्जास्पद घटना हो’, घटनाबारे सुनेपछि स्तब्ध पोपले भने, ‘फेरि नहोस् भनी सुनिश्चित गर्न सक्दो कदम चाल्न म संकल्प लिन्छु ।’
सन् १९७९ मा तत्कालीन पोप डन पल आयरल्यान्ड जाँदा देशको दुईतिहाइ जनसंख्या उनलाई हेर्न भेला भएका थिए । यस पटकका पोपलाई स्वागत गर्न आइरिसहरू तम्तयार थिएनन् ।
चर्चमा वर्षौंसम्म यौन शोषणको घटना हुने गरेको सार्वजनिक भएपछि चर्चलाई नैतिक संस्थाका रूपमा विश्वास गर्ने मानिसहरूको संख्या विश्वभर कमी आएको छ ।
तीन वर्ष यता आयरल्यान्डले धार्मिक मान्यतालाई तोड्ने अनेक कानूनलाई जनमत संग्रहमा मान्यता दिएको छ । गर्भपात र समलिंगी विवाहलाई जनमत संग्रहमार्फत नै कानूनी मान्यता दिइएको छ ।


