इमरान खानले दिए मोदीको पत्रको जवाफ : द्विपक्षीय सम्बन्ध सुधारमा जोड द्विपक्षीय सम्बन्ध सुधारमा जोड



हाम्रो इकोनोमि

 

पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले भारत(पाकिस्तान शान्ति प्रक्रियालाई फेरि सुरु गर्ने इच्छा व्यक्त गरेका छन् ।

 

प्रधानमन्त्रीको शपथ लिएपछि पहिलोपटक भारत पाकिस्तान सम्बन्धबारे प्रतिक्रिया दिँदै इमरानले यस उपमहाद्विपबाट गरिबी हटाइ क्षेत्रीय विकासको लागि दुई देशबीचको सम्बन्ध सुधार गर्नुपर्ने बताएका हुन् ।

मंगलबार ट्वीट गर्दै उनले भनेका छन्, ‘दुवै देशले वार्ता र छलफलको माध्यमबाट काश्मिर मुद्दालगायत अन्य समस्यामा समाधान गरी दुई देशबीच व्यापार बढाउनुपर्छ ।’

 

खानले अंग्रेजी र उर्दु दुवै भाषामा ट्वीट गर्दै भनेका छन्, ‘अब समृद्धिको लागि पाकिस्तान र भारतले छलफल सुरु गर्नुपर्छ र काश्मिरलगायत अन्य मुद्दामा भएको विवादको समाधान गर्नुपर्छ ।’

 

खानले १८ अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको पत्रको पहिलो प्रतिक्रिया ट्वीटरमार्फत दिएका हुन् । मोदीले पत्रमा दुई देशबीचको विवाद समाधान गर्नका लागि अर्थपूर्ण र रचनात्मक सम्बन्ध कायम गरिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

 

भारतीय प्रधानमन्त्री निकट स्रोतका अनुसार मोदीको पत्रमा दुई देशबीच ‘असल छिमेकीको सम्बन्ध’ कायम गर्ने, अर्थपूर्ण र रचनात्मक सम्बन्ध कायम गर्ने र क्षेत्रीय विकासको लागि दुई देशले सहकार्य गर्ने प्रमुख बुँदाहरु रहेका छन् ।

 

पत्रमा मोदीले भारतीय उपमहाद्विपलाई हिंसा र आतंकबाट मुक्त गर्नुपर्ने समेत उल्लेख गरेका थिए । तर, खानले मोदीको यो चासोको बारेमा भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

 

यद्यपि खानले यसअघि एक अवसरमा आतकंवादको शिकार भएका मानिसहरुको सहयोगको लागि अन्तराष्ट्रिय समुदायले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताएका थिए ।

 

त्यस्तै मंगलबार नै खानले राजनीतिज्ञ बनेका पूर्वभारतीय क्रिकेटरबाट नवजोत सिंह सिद्धुको समेत बचाउ गरेका थिए ।

 

भारतको पञ्जाब राज्यका मन्त्री रहेका सिद्धुले खानको सपथ ग्रहण समारोहमा भाग लिन पाकिस्तान आउँदा पाकिस्तानी सेनाका प्रमुख कमर जावेद बाज्वासँग अंकमाल गरेपछि पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले आक्रोश व्यक्त गरेका थिए ।

 

‘मेरो शपथ ग्रहण समारोहमा आएकोमा सिद्धुलाई धन्यवाद दिन चाहन्छु । उनी शान्तिका दूत हुन् र पाकिस्तानी जनताले उनलाई धेरै स्नेह गर्छन्,’ खानले लेखेका छन्, ‘भारतका केहीले उनको पाकिस्तान भ्रमणलाई निशाना बनाएका छन् । उनीहरुले यो क्षेत्रमा शान्ति कायम गर्ने कुरालाई ध्यान दिएका छैनन र शान्तिबिना हामीले प्रगति गर्न सकिँदैन ।’

 

दुई देशबीच औपचारिक छलफल कहिले हुन्छ भन्ने तय भएको छैन तर, भारतीय विदेशमन्त्री शुष्मा स्वराज र पाकिस्तानी विदेशमन्त्री साह महमुद कुरेसीबीच सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको महासभामा साइडलाइन बैठक हुने सम्भावना रहेको बताइएको छ ।

 

अहिलेसम्म दुई देशबीच भएका वार्ताहरु औपचारिक मात्रै भएका छन् र दुई देशबीचको सम्बन्धमा तिक्तता कायमै छ ।

 

सन् २०१६(१७ मा दुई देशबीचको व्यापारमा थोरैले कमी आएर २।२८ अर्ब डलर कायम भएको छ । जसमा भारतबाट १।८३ अर्ब डलरको सामान पाकिस्तान निर्यात भएको थियो भने पाकिस्तानबाट ४५६ मिलियन डलरको मात्रै सामान भारत निर्यात भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...