आत्माघाती गोलका कारण नेपाल पराजीत



हाम्रो इकोनोमि

थाइल्यान्डमा जारी एशियाली खेलकूदको तयारी गरिरहेको नेपाली यू–२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

मंगलबार साँझ थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा त्यहाँको पुलिस टेरो एफसी क्लबसँग नेपाल १–० गोल अन्तरले पराजित भएको हो । नेपालका आदित्य चौधरीले खेलको ३९औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । चौधरीले बल क्लियर गर्न खोज्दा गोल भएको थियो ।

नेपाली फुटबल टोली एशियाली खेलकूदको तयारीका लागि थाइल्यान्ड गएको हो । नेपाली यू–२३ टोलीले अब शुक्रबार थाइल्यान्डको यू–२३ टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...