वैदेशिक रोजगारीमा जानेलाई सरकारले नै अभिमुखीकरण तालिम दिने



हाम्रो इकोनोमि

 

 

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विदेश जानुअघि दिइने अभिमुखीकरण तालिम सरकारले नै सञ्चालन गर्ने भएको छ । निश्चित संस्थाहरूबाट तालिम सञ्चालन हुँदै आएकोमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनलाइन मार्फत नै सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो ।

२०६० सालदेखि निश्चित संस्थामार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन हुँदै आएको छ । हाल वैदेशिक रोजगार विभागमा सूचीकृत भएका १ सय ५३ संस्थाले अभिमुखीकरण तालिम दिँदै आएका छन् । सरकार मार्फत जाने श्रमिकका हकमा भने भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान मार्फत अभिमुखीकरण तालिम हुँदै आएको छ ।

ती बाहेकका हकमा अभिमुखीकरण तालिम प्रदायक संस्थामार्फत अभिमुखीकरण गरिँदै आएको हो । श्रम मन्त्रालयले पाठ्यक्रममा आधारित श्रव्यदृश्य सामग्री निर्माण गरी डिजिटल माध्यममा उपलब्ध हुने व्यवस्था गर्न लागेको हो ।

पूर्वप्र्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी) लाई पूर्णरूपमा अनलाइन प्रणालीमा आधारित बनाउने योजना श्रम मन्त्रालयको रहेको छ ।

सरकारको उक्त योजनापछि हाल तालिम दिन सूचीकृत १ सय ५३  संस्थाको भविष्य संकटमा पर्ने देखिएको छ । ती संस्थाले वैदेशिक रोजगार ऐन २०६४ तथा अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ अनुसार मापदण्ड पूरा गरेर तालिम प्रदान गर्दै आएका छन् ।

त्यसका लागि उनीहरूले प्रतिप्रशिक्षार्थी २ हजार १ सय रुपैयाँ शुल्क लिने गरेका छन् । वैदेशिक रोजगार विभागले उक्त शुल्क ७ सय मात्रै रहेको र त्योभन्दा बढी लिएको पाइए अनुमति (इजाजतपत्र) रद्ध गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...