बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने



 

 

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ नगरपालिकामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै  आगामी फागुन २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेलामा युवाहरुलाई रोजगार दिने तयारी गरिएको जानकारी प्रदान गरिएको छ । “शिक्षा, सीप र उत्पादकता हाम्रो प्राथमिकता”नारासहित हुन लागेको मेलामा युवा वर्गलाई रोजगारी तथा सीप विकासमा जोड दिने लक्ष्य राखिएको छ । मङ्गलबार पत्रकार सम्मलेन गर्दै नगरपालिकाले गतवर्ष सम्पन्न तेस्रो मेला, रोजगारी तथा युवा परामर्शमा केन्द्रित रहेकोमा यसपटक श्रमिक तथा उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिइने जानकारी दिएको छ । मेलामा कुल ४८ वटा स्टल रहने छन्, जसमा १५ वटा रोजगारीका अवसर खुलाउने, ६ वटा श्रम स्वीकृतिसम्बन्धी जानकारी दिने र अन्य स्टलहरूले उद्यमशीलता तथा डिजिटल प्रविधि सम्बन्धी सेवा तथा सूचना प्रदान गर्नेछन् ।

कम्तीमा माध्यामिक तह उत्तीर्ण गरेका १०० जना युवाहरूका लागि रोजगारी प्रवर्द्धनको विशेष अवसर मिलाइने र ४०० जनालाई व्यावसायिक सीपसम्बन्धी परामर्श दिइने नगरपालिकाको योजना रहेको छ । युवाहरूलाई स्वरोजगारको सम्भावना खोज्न प्रोत्साहित गर्न विभिन्न क्षेत्रका विज्ञहरूसँग अन्तर्क्रिया गराउने कार्यक्रमसमेत रहेको नगरपालिकाले बताएको छ । नगरपालिकाले बेरोजगार युवाहरूका लागि सूचनाको पहुँच विस्तार गर्दै रोजगारी सूचना केन्द्र सञ्चालनमा ल्याइसकेको छ । इच्छुक व्यक्तिहरूले माघ २५ गतेभित्र नगरपालिकाको पेजमा उल्लेख भएको फारममा  अनलाइन वा वडा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

सामाजिक विकास समितिकि संयोजक शान्ता ढकालको अध्यक्षतामा भएको अओ पत्रकार भेटघाटका प्रमुख अतिथि नगर प्रमुख मिठाराम अधिकारी रहेका थिए भने उपप्रमुख अनिता लामा , प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्यालको उपस्तिथि रहेको थियो। नगरपालिकाको शिक्षा , युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंहले स्वागत सहित विस्तृत जानकारी प्रदान गरिएको कार्यक्रमको संचालक अधिकृत अनिता खनाल रहेकी थिइन ।

प्रतिक्रिया दिनुहोस
सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्

शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ

    शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ

पोर्चुगलमा नेपालीसहित ४५ सयलाई देश छाड्न पत्र

    युरोपेली राष्ट्र पोर्चुगलले आप्रवासन सम्बन्धी नीति परिवर्तन गरेपछि प्रत्यक्ष रूपमा नेपालीहरू