सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव



हाम्रो इकोनोमि

 

 

चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा यहाँका हात्तीलाई वनभोज खुवाइयो । सौराहा र आसपासका निजी तथा सरकारी गरी ६० वटा हात्तीलाई वनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा हात्तीको वनभोज कार्यक्रम आयोजना गरिएको हो । संस्थाले हरेक वर्ष हात्ती महोत्सव गर्दै आएको छ ।

हात्तीलाई फलफूल, भेली, उखु लगायतका परिकार खुवाइएको थियो । सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन साथै हात्तीले सबै खानाको स्वाद लिन पाउने गरी वनभोज कार्यक्रम राखिएको आयोजकले बताएका छन् । हात्तीलाई काममा मात्र नभई पालनपोषणको पनि सन्देश दिनु कार्यक्रमको उद्देश्य मानिन्छ । महोत्सव अवलोकनका लागि पर्यटकको पनि भिड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्व मुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

    मलेसियामा श्रमका लागि जाने नेपालीमाथि ठगी प्रकरणमा पूर्व मुख्यसचिव एकनारायण अर्यालयविरुद्ध...

आगामी निर्वाचन सामान्य हुँदैन : एमाले उपाध्यक्ष थापा

    नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले आगामी निर्वाचन फासीवादी तथा पपुलिस्ट...

फागुन २१ को चुनावी धक्का अस्थायी हो : वरिष्ठ नेता भण्डारी

    नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष...

मकवानपुरको भीमफेदी सुमो दुर्घटना, ३ जनाको मृत्यु

    मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान भएको जिप दुर्घटनामा...