प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसबीच भेट भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली र कार्लोसबीच भेटघाट भएको हो । भेटका क्रममा प्रधानमन्त्री ओलीले विश्वकप विजेता फुटबलर कार्लोसलाई ढाका टोपी लगाइदिएका थिए ।

भेटमा प्रधानमन्त्रीले कार्लोसको खेलजीवनसँग सम्बन्धित विभिन्न विषयमा चासो राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाली फुटबलको विकासमा सरकार प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्रीले विश्वस्तरीय खेलाडीको भ्रमणले नेपाली खेलक्षेत्रलाई ऊर्जा थप्ने बताएका थिए ।

काठमाडौंमा जारी नेपाल सुपर लिग २०२५ को खेल हेर्ने निम्तो मान्न कार्लोस मंगलबार काठमाडौं आइपुगेका हुन् । उनले बुधबार दशरथ रंगशालामा हुने एनएसएल २०२५ को दोस्रो क्वालिफायर खेल हेर्नेछन् । फाइनल प्रवेशका लागि आज साँझ ६ बजे हुने दोस्रो क्वालिफायरमा धनगढी र पोखराले प्रतिस्पर्धा गर्नेछन् ।

ब्राजिलियन फुटबलका उत्कृष्ट खेलाडीमध्येका एक मानिने कार्लोसले सन् १९९७ मा फ्रान्सविरुद्ध प्रहार गरेको सशक्त फ्रिकिकलाई सर्वकालीन उत्कृष्ट फ्रिकिकमध्येको एक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...