श्रीमान मन नपरेको भन्दै बुढेसकालमा छुट्टिएका दम्पत्ति : एउटै घर, भान्सा बेग्लै



हाम्रो इकोनोमि

 

बुढेसकालको सहारा श्रीमान श्रीमती भन्छन् । तर गोरखा नगरपालिका-४ फिनामका परियार दम्पति भने बुढेसकालमा पनि छुट्टएिर बसेका छन् ।

 

ढुङ्गा माटोको सानो झुपडीमा बस्छन् उनीहरु, तर अलग अलग । उनीहरु आ-आˆनै किसिमले जीविका गर्छन् । न बुढालाई बुढीको वास्ता न बुढीलाई बुढाको ।

 

एकै घरमा दुई भान्सा छन् । एउटा ७० बर्षीया रुपा परियारको र अर्काे उनका श्रीमान ८० बर्षीय नेप्टे परियारको । श्रीमानको भान्छामा पाकेको परिकार श्रीमतीले चाख्न पाउदिनन् । उनी आफू पनि दिन्नन् । भान्सा मात्र होइन उनीहरु सुत्ने ठाउँ पनि अलग्गै छ । एउटा कोठामा नेप्टे बस्छन् भने अर्काे कोठा (बाख्राको खोर) मा रुपा ।

 

‘भूकम्पले घर भत्कियो अहिले दुई कोठा मात्र बाँकी छ, एउटामा उ बस्छ,’ श्रीमानलाई इंगित गर्दै रुपाले भनिन्, ‘एउटामा म बस्छु ।’ तर उनी बस्ने कोठामा बाख्राहरु पनि बस्छन् । ‘बाख्राको दिसा पिसाबले ओछ्यान भिज्छ, फेरि केही रोग लाग्छ की भन्ने डर पनि लाग्छ, बर्खामा छाना चुहिएर ओछ्यानमा पानी पस्छ’ उनले भनिन् ।

 

१४ बर्षको उमेरमा रुपाले भारतमै नेप्टेसँग विवाह गरेर गोरखा आएकी थिइन् । उनको माइती भारत नै हो । रोजगारीको सिलसिलामा नेप्टे १५ बर्षको उमेरदेखि नै भारत बस्दै आएका थिए । तर रुपा नेप्टेको पहिलो श्रीमती भने होइनन् । रुपालाई घरमा छाडेर नेप्टे पुन रोजगारका लागि भारत गए । त्यसपछि रुपाले नेप्टेको माया पाउन सकिनन् ।

 

‘हट्टाकट्टा लक्काजवान केटो देखेपछि बाबाले बिहे गरिदिनुभयो,’ रुपाले भनिन्, ‘म चौथो श्रीमती बनेर भित्रिएकी हुँ ।’ विहे भएको केही बर्ष देखिनै रुपा र श्रीमान नेप्टे परियार बिच मनमुटाव शुरु भयो । ‘मलाइ बिहे गरेपछि पनि अर्काे बिहे गर्न उहाँले छाड्नु भएन,’ उनले भनिन् ।

 

विहे गरेर गोरखा आएका श्रीमान रुपालाई यही छाडेर फेरि भारत गए । दूरी टाढिएसँगै उनीहरुको मन पनि टाढियो । मनमुटाव शुरु भएको श्रीमान श्रीमतीको चार दशकसम्म मिलन हुन सकेन । नेप्टेले पुन अर्काे विवाह गरे ।घर खर्चका लागि

 

श्रीमानको भरपर्नु व्यर्थ भयो । बिहान वेलुकीको छाक टार्न उनी आफैले श्रम गरिन् । ‘नेपाल आएपछि बुढाबुढी सँगै बसौला भन्ने ठूलो रहर थियो कहिले पूरा भएन,’ उनले भावुक हुदै भनिन् । श्रीमानले वेवास्ता गरेपछि उनी कहिले श्रम गरेर त कहिले मागेर पेट पाल्न बाध्य भइन् । ‘मलाइ यहाँ छाडेर गएपछि पाँच पैसा पनि पठाएन, म पेट पाल्न गाउँमा माग्दै हिँडे, कहिले मेलापात पनि जान्थे,’ उनले दुखेसो पोखिन् ।

 

परियार दम्पतीको ३ मध्ये दुई छोरीको मृत्यु भयो । अर्की छोरीको विवाह भइसकेको छ । बुढेसकाल लागेसँगै रुपाका श्रीमान पनि अहिले घरमै र्फकेका छन् । तर उनीहरुबीच न बोलचाल हुन्छ न एकले अर्कालाई सहयोग गर्छन् । हातमुख जोर्नका लागि रुपाले १० वटा बाख्रा पालेकी छिन् । बाख्रापालनबाटै उनको जीविका चलेको छ ।

 

भूकम्प पीडितलाई सरकारले दिएको अनुदान रकमबाट अहिले उनले एक कोठे नयाँ घर बनाइरहेकी छिन् । कहिले काही उनी छाक टार्न र ओत लाग्न देउरानीको घरमा जाने गर्छिन् । तर सँगै जीउने कसम खाएर विवाह गरेका श्रीमानले भने उनलाई वास्ता गर्दैनन् । ‘काम गर्न सकुन्जेल त जसोतसो गरेर पेट पालौला नसकेपछि के गर्ने हो चिन्ता लाग्छ,’ उनले भनिन् ।

 

युवा उमेरमा धेरै विहे गरेका नेप्टे पनि अहिले एक्लै छन् । काम गर्न भारत जाँदा चारवटासम्म विहे गरेका उनीसँग पत्नीको रुपमा अन्तिममा रुपामात्रै छिन् । त्यसैले २०७२ सालको भूकम्पपछि नेप्टे पनि रुपाकै घरमा आए । तर सम्बन्ध भने सुधार हुन सकेन ।

 

उनी रुपाकै कारण एउटै भान्सामा खाना खान र संगै बस्न नपाएको बताउँछन् । ‘सँगै बसौं भन्यो मान्दिन, बाख्रा पालेर कमाई गरेकी छे, म बुढाको केही छैन,’ उनले भने । दुई दम्पत्तिलाई मिलाउन छिमेकीहरुको प्रयास पनि असफल हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

    राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका...

आन्दोलनको लागी तयार हुन एमालेलाई महासचिवको निर्देशन

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश...

सबै पालिकामा पार्टी जागरण अभियान शुरु गर्न निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...