दोहोरो अंकले घट्यो सेयर बजार



हाम्रो इकोनोमि

 

 

साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ । शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । आज ०.४५ प्रतिशतले बजार घटेको हो । शुक्रबार कारोबार रकम भने ४ अर्ब नाघेको छ । कुल ३ सय ५६ धितोपत्रको ४३ हजार ६ सय ८५ कारोबारबाट १ करोड १९ लाख १२ हजार ५ सय ५० कित्ता सेयर किनबेच भएको छ ।

यी किनबेचबाट ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १ सय ८१ रुपैयाँ बराबर कारोबार भएको छ । आज म्युचअल फन्ड र व्यापारबाहेक सबै उपसमूहको मूल्य घट्यो । जसले गर्दा समग्र सेयर बजार घटेको हो । आज सबैभन्दा धेरै (०.७३ प्रतिशत) उत्पादन तथा प्रशोधन उपसमूहका लगानीकर्ताले गुमाएका छन् ।

शुक्रबार एनएमबी डिबेन्चरको मूल्य सर्वाधिक १४.२९ प्रतिशत बढेको छ । एसबीएल डिबेन्चरको मूल्य ८.८० प्रतिशत बढ्यो । यसबाहेक मान्डु हाइड्रोपावर, लक्ष्मी उन्नति कोष, एनआईबीएल ग्रोथ फन्डजस्ता धितोपत्रको मूल्य धेरै बढेको छ । आज सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यसको मूल्य ८.५५ प्रतिशत घट्यो । धौलागिरि लघुवित्त वित्तीय संस्थाको मूल्य ४.९५ प्रतिशत घटेको छ ।

यसबाहेक मुक्तिनाथ कृषि कम्पनी, अपोलो हाइड्रोपावर, सर्वोत्तम पेन्ट्स लगायत धितोपत्रको मूल्यसमेत धेरै घटेको छ । एसबीएल डिबेन्चरको मूल्य सबैभन्दा धेरै मूल्यको कारोबार भएको छ । अघिल्लो साता अर्थ मन्त्रालयले सेयर बजार सुधारका विभिन्न उपाय घोषणा गरे पनि त्यसको सकारात्मक प्रभाव भने बजारमा यो साता देखिएन । लगानीकर्ता पर्ख र हेरकै रणनीतिमा रहेको सेयर बजारको प्रवृत्तिबाट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...