दोहोरो अंकले घट्यो सेयर बजार



हाम्रो इकोनोमि

 

 

साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ । शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । आज ०.४५ प्रतिशतले बजार घटेको हो । शुक्रबार कारोबार रकम भने ४ अर्ब नाघेको छ । कुल ३ सय ५६ धितोपत्रको ४३ हजार ६ सय ८५ कारोबारबाट १ करोड १९ लाख १२ हजार ५ सय ५० कित्ता सेयर किनबेच भएको छ ।

यी किनबेचबाट ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १ सय ८१ रुपैयाँ बराबर कारोबार भएको छ । आज म्युचअल फन्ड र व्यापारबाहेक सबै उपसमूहको मूल्य घट्यो । जसले गर्दा समग्र सेयर बजार घटेको हो । आज सबैभन्दा धेरै (०.७३ प्रतिशत) उत्पादन तथा प्रशोधन उपसमूहका लगानीकर्ताले गुमाएका छन् ।

शुक्रबार एनएमबी डिबेन्चरको मूल्य सर्वाधिक १४.२९ प्रतिशत बढेको छ । एसबीएल डिबेन्चरको मूल्य ८.८० प्रतिशत बढ्यो । यसबाहेक मान्डु हाइड्रोपावर, लक्ष्मी उन्नति कोष, एनआईबीएल ग्रोथ फन्डजस्ता धितोपत्रको मूल्य धेरै बढेको छ । आज सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यसको मूल्य ८.५५ प्रतिशत घट्यो । धौलागिरि लघुवित्त वित्तीय संस्थाको मूल्य ४.९५ प्रतिशत घटेको छ ।

यसबाहेक मुक्तिनाथ कृषि कम्पनी, अपोलो हाइड्रोपावर, सर्वोत्तम पेन्ट्स लगायत धितोपत्रको मूल्यसमेत धेरै घटेको छ । एसबीएल डिबेन्चरको मूल्य सबैभन्दा धेरै मूल्यको कारोबार भएको छ । अघिल्लो साता अर्थ मन्त्रालयले सेयर बजार सुधारका विभिन्न उपाय घोषणा गरे पनि त्यसको सकारात्मक प्रभाव भने बजारमा यो साता देखिएन । लगानीकर्ता पर्ख र हेरकै रणनीतिमा रहेको सेयर बजारको प्रवृत्तिबाट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...

संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...