कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने भएका छन् । आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी अन्तिम अवस्थामा पुगिसकेको बताए । देश शोकमा रहेकाले महाधिवेशनमा झाँकीसहितको तामझाम नगर्ने निर्णय भएको पनि बताए ।
महाधिवेशनमा आउने प्रतिनिधिलाई बिहान, दिउँसो र बेलुकाको खाना भृकुटीमण्डपमा व्यवस्था मिलाएको भएपनि बासको व्यवस्था आफैँले गर्नुपर्ने उनको भनाइ छ । प्रतिनिधि छनोट गर्ने क्रम अन्तिम चरणमा पुगिसकेको बताए ।
उनले भने, यो अधिवेशन अत्यन्तै मितव्ययी रूपमा सम्पन्न गर्न गइरहेको छ । प्रचारका कुनै झाँकीहरू, तस्बिरहरू, झकिझकाउ धेरै देख्नुहुने छैन । देशमा ठूलो विपत् आएको अवस्थामा हाम्रो बाध्यात्मक अवस्थाको अधिवेशन हो ।

