अफगानिस्तानमा ६२ तालिबान र नौ प्रहरी मारिए



हाम्रो इकोनोमि

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा आतङ्ककारी विरुद्ध जारी रहेको हवाई कारबाहीको क्रममा ६२ भन्दा बढी आतङ्ककारी मारिएका छन् ।

गत २४ घण्टाभित्र भएका यस कारबाहीमा यी आतङ्ककारी मारिएका सेनाका प्रवक्ता यहया आलाभीले मङ्गलबार एक विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

कान्दाहार प्रान्तको मारोफ जिल्लामा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानलाई लक्षित गरी सो कारबाही गरिएको आलाभीले थप जानकारी दिनुभएको छ ।

कारबाहीको क्रममा कान्दाहार प्रान्तको आर्घिस्तान जिल्लामा आतङ्ककारी र सुरक्षाबलबीच सोमबार राति भएको झडपमा परी नौ जना प्रहरी पनि मारिएका छन् ।

यहँको प्रान्तीय गभर्नरका प्रवक्ता दाउद आमेदीले सो कुराको जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...