पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्ने, संयुक्त वक्तव्य अनिश्चित



हाम्रो इकोनोमि

 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन्। हेल्सीन्की शिखर सम्मेलनपछि उनीहरुले पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ।

 

क्रेमलिनका प्रवक्ताले आउँदो हप्ता हुने शिखर सम्मेलनपछि उनीहरूले संयुक्त वक्तव्य नै जारी गर्ने निश्चित भने नभएको शुक्रबार जानकारी दिए।

 

“दुई जना राष्ट्रपतिको संयुक्त पत्रकार सम्मेलन हुने छ,” प्रवक्ता दिमित्री मेद्भेदेभले पत्रकारहरुसँग भने। उनले शिखर सम्मेलनका बारेमा दुई राष्ट्रपति पुटिन र ट्रम्पको पहिलो बैठक आउँदो सोमबार हुने जानकारी पनि दिए। विश्वमा एक अर्काले ठिक विपरित धारको नेतृत्व गर्दै आएका पुटिन र ट्रम्पको भेटवार्तालाई महत्वका साथ हेरिएको छ।

 

यसअघि ब्रसेल्समा भएको अर्को एउटा शिखर सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले समकक्षी पुटिनलाई शत्रु नभई प्रतिस्पर्धीको रुपमा लिएको बताएका थिए। उनले पुटिनलाई दुई पटक भेटेपनि पर्याप्त चिनजान हुन नसकेको र अव हुने भेटबाट राम्रो साथी बन्न सक्ने टिप्पणी गरेका थिए।

 

यसअघि उनीहरुकाबीचमा गत बर्षको नोभेम्बरमा भएको एपेक शिखर सम्मेलनका क्रममा भियतनाममा पछिल्लो भेटवार्ता भएको थियो। एएफपी

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...