पैसा खाएर भ्रष्ट कर्णेलको पदावधि थपेपछि प्रधानसेनापतिविरुद्ध गम्भीर आरोप, प्रधानमन्त्री र क्षामन्त्रीलाई दिए ७ बुँदे उजुरी



 

 

प्रधानसेनापति राजेन्द्र क्षत्रीले पैसा लिएर भ्रष्ट सैनिक अधिकारीको पदावधि थप्ने गृहकार्य अघि बढाएको पाइएको छ । सैनिक मुख्यालयकै केही अधिकृतहरूले प्रधानसेनापतिबाट पैसाका आधारमा भ्रष्ट कर्णेलको पदावधि थप्ने गृहकार्य भएको भन्दै माथिल्लो निकायमा उजुरी दिएपछि यो तथ्य बाहिर आएको हो ।

प्राविधिक महासेनानी शरदलाल श्रेष्ठले फास्टट्र्याकमा सेटिङ मिलाएर डरलाग्दो भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको र सोही सम्पत्तिको आडमा म्याद थप्ने काम हुन लागेको उनीहरूको उजुरीमा किटान गरिएको छ । सो उजुरी इन्जिनियरिङ विभागकै सैनिक अधिकारीले गरेका छन् ।

नेपाली सेनाका इन्जिनियरिङ विभागका अधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र रक्षासचिव विष्णुप्रसाद लम्साललाई प्राविधिक महासेनानी श्रेष्ठले हालसम्म गरेको भ्रष्टाचार, कमान्ड कन्ट्रोलमा अक्षमजस्ता विषयसहित उनी र प्रधानसेनापति क्षत्रीविरुद्ध लिखित उजुरी दिएका हुन् ।

प्राविधिक महासेनानी श्रेष्ठ हाल नेपाली सेनाको इन्जिनियरिङ विभागअन्तर्गत फास्टट्र्याकमा कार्यरत छन् । फास्टट्र्याकमा करोडौँ कमाएको र कमाउ धन्दा जारी राख्न सैनिक नेतृत्वलाई समेत प्रलोभनमा पारेर म्याद थपको गृहकार्य भइरहेको भन्दै भ्रष्ट अधिकृतको पदावधि थप नगर्न उनीहरूले प्रधानमन्त्री, रक्षामन्त्री र सचिवलाई आग्रह गरेका छन् । उजुरीमा श्रेष्ठले विभिन्न समयमा गरेको बदमासी र कारबाहीको फेहरिस्तसमेत राखिएको छ ।

‘फास्ट ट्र्याकमा कार्यरत ब्याज नम्बर २२९० प्राविधिक महासेनानी शरदलाल श्रेष्ठको पदावधि थपको लागि ठूलो चलखेल भइरहेको छ, निज प्रा. मसे श्रेष्ठले ठूलो रकम बुझाएर आफ्नो यही २ साउनमा सकिन लागेको कार्यकाल थपाउन दौडधूप गरेका छन्,’ उजुरीमा भनिएको छ, ‘महासेनानी श्रेष्ठ द्रुतमार्गको निर्माण कार्यमा ठूलो रकम हिनामिना गरी आफ्नो हात पार्न सफल भएका व्यक्ति हुन्, सोही पैसाको बलमा उनी सकिन लागेको आफ्नो पदावधि थप गराउने अन्तिम दौडधूपमा छन् ।’ उजुरीमा भनिएअनुसार श्रेष्ठको पदावधि आगामी २ साउनसम्म रहेको छ ।

असक्षम, घुसिया र शारीरिक मापदण्डसमेत पूरा नभएका, कमान्ड पूर्ण रूपमा असफल भई रातारात कारबाहीस्वरूप सरुवा भएका प्रा. मसे शरदलाल श्रेष्ठजस्ता व्यक्तिको पदावधि थप गर्ने कार्य कदापि गर्न नहुने र यसैमा सम्पूर्ण सक्षम तथा दागरहित असल अधिकृतहरूलाई न्याय हुने कुरा व्यक्त गर्न चाहन्छौँ

पीडित समूह, इन्जिनियरिङ विभाग, नेपाली सेना

‘यी मसेले एमइएस (केशा) भन्ने कार्यालयमा रहँदा ठूलो रकम भ्रष्टाचार गरेका थिए, साथै आफ्नो कामान्ड राम्रोसँग चलाउन सकेका थिएनन्, सोही काममा एमइएस (केशा) को कार्यालयमा ५ कात्तिक २०७३ मा प्रधानसेनापतिले आकस्मिक निरीक्षण गर्नुभएको थियो, सोही दौरान प्रा. मसे शरदलाल श्रेष्ठले गरेको कसुर जायज देखिन गएकाले प्रधानसेनापतिले यिनी श्रेष्ठसँग लिखित स्पष्टीकरण लिनुभएको थियो,’ उजुरीमा भनिएको छ ।

श्रेष्ठको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि उनलाई सो कार्यालयबाट हटाइएको जिकिसमेत उजुरीमा छ । ‘प्राविधिक महासेनानी श्रेष्ठको स्पष्टीकरण मनासिव एवं चित्तबुझ्दो नभएकोले निजलाई सचेतपत्र दिएर २५ कात्तिक २०७३ मा कमान्ड फेल भएका कारण तुरुन्तै विकास निर्माण निर्देशनालयमा सरुवा गरियो,’ उजुरीमा भनिएको छ । सो कारबाहीको मिति, सैनिक आदेश नम्बर र रक्षा मन्त्रालयको पत्रसमेत कोड गरिएको छ ।

‘यसरी कार्यालय सञ्चालन गर्न असफल, घुसिया प्रमाणित भएका प्रा. मसे श्रेष्ठलाई त्यहीवेला नै कारबाही गर्नुपर्नै थियो, तर यिनलाई पैसाको चलखेलका कारण कारबाही नगरी सरुवा मात्र गरियो,’ उजुरीमा भनिएको छ । उजुरीमा उनको शारीरिक मापदण्डसमेत नपुगेको जिकिर गरिएको छ ।

‘प्राविधिक महासेनानी शरदलाल श्रेष्ठ सेनाको शारीरिक मापदण्डअनुसार दुरुस्त नरहेको र मापदण्डअनुसार उचाइ पनि नमिलेको व्यक्ति हुन्, यस्ता कार्यालय सञ्चालन तथा कमान्डमा असक्षम, घुसिया र शारीरिक मापदण्ड नपुगेकालाई फेरि सेवामा राख्न ठूलो चलखेल हुँदै छ, जसका कारण सक्षम तर पैसा नहुने इमानदार सैनिक अधिकृतहरू पीडित भई बस्नुपर्ने अवस्था आएको छ,’ उजुरीमा भनिएको छ ।

उनीहरूले सैनिक मुख्यालयबाट भइरहेका यी सबै कामलाई रोकेर सबै सक्षम र इमानदार सैनिक अधिकृतको हौसला बढाउनसमेत माग गरेका छन् ।

‘असक्षम, घुसिया र शारीरिक मापदण्डसमेत पूरा नभएका, कमान्ड पूर्ण रूपमा असफल भई रातारात कारबाहीस्वरूप सरुवा भएका प्रा. मसे शरदलाल श्रेष्ठजस्ता व्यक्तिको पदावधि थप गर्ने कार्य कदापि गर्न नहुने र यसैमा सम्पूर्ण सक्षम तथा दागरहित असल अधिकृतहरूलाई न्याय हुने कुरा व्यक्त गर्न चाहन्छौँ,’ इन्जिनियरिङ विभाग नेपाली सेनाका पीडित समूहको नाममा दिइएको उजुरीमा भनिएको छ । सौर्य दैनिक

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु