सुनप्रकरणमा तानिए दीपक मल्होत्रा पनि, विमल पोद्दारको सम्पत्ति छानबिन हुँदै, प्रहरीले नियन्त्रणमा लिने तयारी



३३ किलो सुन छानबिन गर्न गठित गृहमन्त्रालयका सहसचिव इश्वर पौडेल नेतृत्वको समितिले भारतीय नागरिक विमल पोद्दारलाई पक्राउ गरेको छ ।

भारतबाट बर्मा गई बर्माबाट नेपाल प्रवेश गरेका बर्मेली भारतीय नागरिक विमल पोद्दारले नेपाली नागरिकतासमेत लिएको हुनसक्ने भन्दै गठित छानबिन आयोगलाई समेत सूचना प्राप्त भएपछि समितिले उनले नागरिकता लिए–नलिएको विषयमा पनि छानबिन गरिरहेको थाहा भएको छ ।

०४६ सालको परिवर्तनसँगै एयरपोर्टबाट सरकारी संरक्षणमा सुन तस्करी हुँदा विमल पोद्दार पनि साझेदारका रूपमा जोडिएको नाम हो । स्वर्गीय खुमबहादुर खड्कासँग जोडिएका विमल पोद्दार हुण्डी, डलर र सुनको अवैध कारोवारमा संलग्न भएका विवादास्पद व्यापारी हुन् ।

पोद्दार लामो समय बागबजारको सहिद शुक्र मावि पछाडि बसोबास गरेका थिए । हाल उनी कालिकास्थानस्थित सिल्भर सिटीमा बस्दै आएका थिए । बिहीवार नै उनको अपार्टमेन्टमा समितिले छापा मारी महत्वपूर्ण कागजातहरूसमेत लगेको छ ।

विमल पोद्दारको नेपालका ठूला घरानियाँ व्यापारीदेखि उच्च प्रहरी अधिकृतहरूसँग पनि नजिकको सम्बन्ध रहेको र प्रहरी अधिकृतहरूको रकम व्यापारीक साझेदारदेखि चर्को व्याजदरमा लिनेसम्मको काम उनले गरेका कुरा सार्वजनिक भइरहेका छन् ।

चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा सामसुङ मोवाइलका नेपालका आधिकारिक विक्रेता आइएमएसका अध्यक्ष दीपक मल्होत्रा, नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्माका भाइ दया शर्मा पनि पोद्दारका पार्टनर हुन् । दुई नम्बरी तस्करी धन्दा रोजेकै कारण छोटो समयमा यी बर्मेली भारतीय नागरिक पोद्दारले अरबौँ सम्पत्ति जोड्न सफल भएका छन् ।

कालिकास्थानको सिल्भर सिटी अपार्टमेन्टदेखि चाइनाको ग्वाङजाओसम्म कार्यालय राखी विभिन्न अवैध काममा संलग्न पोद्दारले पछिल्लो समय सिल्भरसिटीसँगै १० तले आफ्नो निजी भवन बनाएका छन्, जुन भवनमा होटलदेखि एड्रेस लाउन्जसमेत सञ्चालन गरेका छन् ।

उक्त एड्रेस लाउन्जको कार्यकारी निर्देशकका रूपमा उनले छोरा अमन पोद्दारलाई राखेका छन् । छोरा अमनले कार्यकारी निर्देशकका रूपमा सो लाउन्ज हेर्ने गर्दछन् । उक्त लाउन्जमा नेपालका चर्चित दुई नम्बरी भारतीय मूलका तस्कर, नेपाली मारवाडी तस्करहरूदेखि युवा मारवाडी व्यापारीहरूको दिनहुँ मदिरा सेवन गर्ने अखडा हो जहाँ मारवाडी धेरै युवाहरू युवतीहरूसमेत लिएर त्यहाँ गएको जोकोहीले पनि देख्न सक्छ ।

केही वर्षअघिमात्रै नेपाल प्रवेश गरेका यी विवादास्पद भारतीय व्यापारी विमल पोद्दारले अरबौँ रूपैयाँ पर्ने सो सुविधासम्पन्न निजी महल कसरी बनाउन सफल भए त्यसबारेमा समेत समितिले छानविन गरी सम्पत्ति शुद्धिकरणको जिम्मा लगाउनुपर्ने आवाजसमेत उठ्न थालेको छ । उक्त १० तलाको भवनमा होटलसमेत सञ्चालनमा रहेको छ ।

३३ किलो सुन प्रकरणमा छानविन गर्न गठित समितिले सुन तस्करहरूको सम्बन्ध हुण्डी र डलर कारोवारीहरूसँग समेत भएको भन्दै त्यसको अनुसन्धान गरिरहेको अवस्थामा पोद्दार पक्राउ परेका हुन् । सिल्भर सिटीबाट पोद्दार र तरुण खेम्काले हुन्डीको धन्दा पनि गर्दैआएको आरोप छ ।

उनलाई सुन तस्करी प्रकरणका ‘ठूला माछा’ ठानिएको छ । उनी तस्करी प्रकरणमा फरार रहेका मोहन अग्रवालका अभिन्न मित्र हुन् । मंगलवार डिल्लीबजारबाट पक्राउ गरिएका पोद्दारलाई बुधवार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सात दिन थुनामा राख्ने म्याद लिई अनुसन्धान अगाडि बढाइएको विशेष अनुसन्धान टोलीका संयोजक ईश्वरराज पौडेलले बताएका छन् । स्रोतका अनुसार, फरार रहेका मोहन अग्रवालको घरमा छापा हानेपछि तस्करीमा पोद्दारको सम्बन्ध खुलेको हो ।

अग्रवालको आर्थिक कारोवारका आधारमा टोलीले अनुसन्धान गरिरहेको छ, जसमा केही चर्चित व्यक्तिसमेत जोडिएको बताइन्छ । सिल्भर सिटी अपार्टमेन्टमा पोद्दारको ३३ प्रतिशत लगानी छ । एक अर्ब ३२ करोड लगानीमा निर्माण उक्त अपार्टमेन्टमा उनीसहित दीपक मल्होत्रा र राजकुमार गाडियाको लगानी छ ।

गाडिया मारवाडी सेवा केन्द्र कमलपोखरीका अध्यक्ष हुन् । पोद्दारले सिल्भर सिटी अपार्टमेन्टमा एकल लगानीमा एड्रेस लाउन्स रेस्टुरेन्ट पनि सञ्चालन गरेका छन् । उनले डेढ करोड रूपैयाँ लगानीमा सो रेस्टुरेन्ट खोलेका हुन् । पोद्दारबाट सुन तस्करीमा लगानी गर्ने थप व्यक्तिहरूको सूचना मिल्न सक्ने अनुमान गरिएको छ ।

तस्कर समूहले पछिल्लो ५ वर्षमा विमानस्थलबाट ३८ सय किलो सुन भित्र्याएको थियो । जसमध्ये करिब ८० प्रतिशत सुन भारत पु¥याएका थिए ।

तस्करीमा भारतीय व्यापारीहरूको समेत संलग्नता देखिएको छ । कलकत्तामा बस्ने केही भारतीय व्यापारीको नाम खुलेको र उनीहरूको कुख्यात अन्डरवल्र्ड डन दाउद इब्राहिमसँग समेत सम्बन्ध भएको हाल जेलमा रहेका चूडामणि उप्रेती ‘गोरे’ले अनुसन्धान टोलीसँग बताएका थिए ।

गतम ाघ ९ गते विमानस्थलबाट कर्मचारीको मिलेमतोमा तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सो सुन लुटेको आशंकामा गिरोहमै आबद्ध सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो ।

हत्या घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको उजुरीका आधारमा छानविन गर्दा विमानस्थलबाट ५ वर्षलेखि एयरलाइन्सका कर्मचारीहरूसँगको मिलेमतोमा सुन तस्करी हुँदै आएको खुलेको थियो ।

तस्करीमा सहयोग गरेको र सनम शाक्य हत्याको अनुसन्धानमा ‘गोरे’लाई जोगाएको आरोपमा ९ प्रहरी विरुद्धसमेत मुद्दा दायर गरिएको छ । जसमध्ये ७ जना प्रहरी अधिकारी हाल पुर्पक्षका लागि जेलमा छन् । पोद्दारसँग जोडिएका अन्य हुण्डी, तस्करदेखि सुन कारोवारीसमेत छानविनको दायरामा ल्याउने तयारी समितिले गरिरहेको छ । पोद्दार पक्राउ परेपछि दीपक मल्होत्रा पनि तानिने अनुमान गरिएको छ । नेपालमा तस्करीको सुन भित्र्याउनेमा मल्होत्राको नाम अग्रपंक्तिमा आउने गर्दछ ।

पोद्दार पक्राउपछि मल्होत्रा पनि ३३ किलो सुन प्रकरणमा पक्राउ पर्ने अनुमान गरिएको थियो । तर उनी प्रधानमन्त्री केपी ओलीको भ्रमण दलमा चीनमा गए । मल्होत्राको नाम सुन तस्करीमा बारम्बार आउने गर्दछ ।

उनले लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त भएपछि २०७० मा उनको बानेश्वर हाइटको घर मासिक ३ लाख रुपैयाँमा भाडामा लिंदा पनि तस्करीको सुन भण्डार गर्न राखेको भनेर चर्चा परिचर्चा भएको थियो ।

अख्तियार प्रमुखको घरमा प्रहरीदेखि राजस्व र राज्यका कुनै पनि निकायले खानतलासी नगर्ने भएकाले सामान्यतया १ लाख भाडा पनि तिर्नुनपर्ने घर उनले ३ लाख मासिक भाडामा लिएकोबारेमा पनि लोकमान आलोचित भएका थिए ।

लोकमानले मल्होत्राको सुनतस्करीलाई सहयोग पुग्ने काम गरेको आरोप पनि छ । लोकमानले भूकम्पमा सहरी विकास मन्त्रालयले खरिद गरेका ५० करोडको त्रिपालमा तत्कालीन सचिव अर्जुनकुमार कार्कीलाई दबाब दिएर मल्होत्राको आइएमएसबाट मात्रै आधा भन्दा बढी ठेक्का दिएका थिए ।

त्रिपाल खरिदमा भएको भ्रष्टाचारबारे धेरै आलोचना भएपछि लोकमानले निर्णयकर्ता सचिव अर्जुनकुमार कार्की, दसौं करोडको त्रिपाल सप्लाई गर्ने मल्होत्रालाई उन्मुक्ति दिएर टिप्पणी उठाउने उपसचिव र स्टोरका नायबसुब्बा र १–२ लाखको त्रिपाल आपूर्ति गर्ने सानातिना ठेकेदारलाई विशेष अदालतमा मुद्दा चलाएका थिए ।
सुन तस्करीमा मल्होत्रापछि मोहन अग्रवाल र पवन अग्रवालहरुको नाम आउँछ ।

मल्होत्राको दरबारमार्गमा इबिसु ज्वेलर्स र मोहन अग्रवाल धरानियाँहरुको विशालबजारअगाडि जय माता दी गोल्ड प्यालेस नामक सुन पसल छ । यद्यपि मल्होत्राले इबिसु केही महिनाअघि सुरेश प्रधानलाई २२ करोडमा बिक्री गरेको दाबी गरेका छन् ।

मोहन अग्रवाल यसअघि पनि २ बर्ष सुन तस्करीको आरोपमा जेल परेका थिए । हालका कामु प्रधानन्यायाधीश दीपकराज जोशीले नै अग्रवाल लगायतलाई छाडेका थिए । र, भरियाहरुलाई दोषी ठहर गरी जेल संजाय तोकेका थिए ।

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु