चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण चाँडै, अब नेपालको विकास कसैले रोक्न सक्दैन प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण चाडै हुने विश्वास व्यक्त गरेका छन् । आफ्नो चीन भ्रमणबारे मंगलबार प्रतिनििधसभामा जानकारी दिँदै प्रधानमन्त्री ओलीले आफुसँगको भेटमा चिनियाँ राष्ट्रपतिले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण सकारात्मक र सफल भएको भन्दै सो अवसरमा भएका १४ बुँदे र नौ बुँदे सहमति भएको जानकारी दिए ।

–चीनमा रहँदा राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री लि खछ्याङसँग बार्ता भयो ।

–लिझाङ सु तिब्बतियन सरकार प्रमुखसँग पनि भेटवार्ता र कुराकानी तथा सहयोग आदनप्रदानबारे छलफल भयो ।

–चिनियाँ नेतृत्वले नेपालको राजनीतिक उपलव्धिलाई बधाइ दिँदै नेपाल सरकार नेपालको विकासमा नयाँ उचाइमा पुर्याउने आशा व्यक्त गरेका छन् ।

–सम्बृद्ध नेपाल र सुखी नेपाली अभियान सफल हुने विश्वास, वान वेल्ट वान रोडमा सहमति भएको छ ।

–ट्रान्स हिमालयनको फ्रेमवर्कमा रेवले, हवाएमार्ग सञ्चारसग सहमति भएको छ ।

–समझदारी पत्रमा सहमति भएको छ । १४ बुँदे विज्ञप्ति जारी भएको छ ।

–दुवैपक्षबीच हस्ताक्षर भएर आदानप्रदान भएका सम्झौताले आर्थिक दायरा बढाउन मद्दत पुग्नेछ ।

–केरुङ, रसुवागडी रेलमार्ग सहयोग हुनुका साथै लुम्बिनीसम्म रेलमार्ग पुर्याउन आधार तयार हुनेछ । यो सवैभन्दा उच्च सहमति भएको र नयाँ आयाम थपिने दुवै देशको विश्वास छ ।

–पुर्वधार विकासमा, स्थल यातायात, उत्तरदक्षिण यातायातका लागि दुवै देश सहमत । जसमा कोसी, गण्डकी करिडोर अध्ययन अघि बढ्ने ।

–सीधा हवाई सेवा सञ्चालनका लागि दुवै पक्ष सहमत ।

–रसुवागढी ४०० केभी प्रसारण लाइनका लागि सम्झौता भएको छ । तातोपनी खासा नाका सन् २०१९ सचलन गर्न सहमति भएको छ ।

–हिल्सा पुल, रसुवामा पुल निर्माणमा सहमति, तेल ग्यास अन्वेशषण र पेट्रोलियम पदार्थ भण्डारणका लागि चीनले अध्ययन गरी सहयोग गर्ने जनाएको छ ।

–निर्यातयोग्य वस्तु प्रयोगशाला निर्मााण गर्न प्राविधिक पक्ष सहयोग गर्ने विश्वास छ ।

महाबाणिज्यदुतावास स्थापनाका लागि चिनियाँ पक्ष सकारात्मक छ ।

–पर्यटन प्रबद्र्धन विकासका  मानवश्रोत विकासका लागि ४ सय र छात्रवृतिका लागि चीन सकारात्मक छ ।

–दुई देशबीचको सम्बन्ध बढाउन दुवै देश सहमत । यस क्रममा चिनियाँ राष्ट्रपतिलाई निम्ता दिएको छु, चाडै भ्रमण हुने विश्वास छ ।

–बेइजिङमा एसियन पूर्वाधारका अध्यक्षले भेट र त्यसक्रमा उर्जा उत्पादनका लागि लगानी बढाउन आग्ह गरे । तिव्वतका सरकार प्रमुखसँग सिमा नाका, व्यापारबारे छलफल भयो ।

–उर्जा सहयोगमा प्रतिबद्धता आएको छ ।

– तिव्वती राजमार्गमा ढुवानी सञ्चालन हुनेछ ।

– लहासा र वेइजिङमा नेपालीसँग भेटबार्ता भएको छ ।

– चिनिया लगानी बढाउन आग्रह गरेको छु ।

चीन र भारतबीचको सम्बन्धबारे उचाल्ने र पछार्ने काम भइरहेपनि सरकार दुवै छिमेकी मुलुकलाई समान व्यवहार गर्ने बताए । उनले छिमेकीहरुको प्रविधि र समार्थ आफ्नो देशको विकासमा मिसाउन चाहेको बताए । सवैसँग मिलेर हामी हाम्रो देशलाई सम्बृद्ध नेपाल र सुखी नेपाली’ को आकांक्ष पुरा गर्न चाहान्छौ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...