राणा र थापा यसरी गले, दुई राप्रपा एक बनाउँने तयारी, एकिकरणपछि प्रकाशचन्द्र लोहनी अध्यक्ष बन्ने संकेत



काठमाडौं । पूर्वपञ्चहरू फुट्नमा कम्युनिस्ट जत्तिकै माहिर छन् । सामान्य स्वार्थ बाझिंदा समेत उनीहरूले कैयनपटक पार्टी विभाजन गरेको इतिहास छ ।

आपसी टुटफुट र विभाजनले थला परेको यही समूह प्रदेश तथा प्रतिनिधिसभाको परिणामपछि भने बेस्सरी रन्थनिएको छ । आफ्नो अस्तित्व नै संकटमा परेको बुझ्न थालेका पूर्वपञ्चहरू पार्टी एकता गर्ने भन्दै फेरि बरालिन थालेका छन् ।

यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), एकीकृत राष्ट्रवादी अभियानलगायत विभिन्न झुण्डमा पूर्वपञ्चहरू छरिएका छन् ।

राजनीतिको जग मानिने नीति, नेता, कार्यकर्ता तथा जनमत केही नभए पनि राजनीतिको रहर गरिरहेका राप्रपाका नेताहरू एकीकरणका लागि सक्रिय देखिदैछन् ।

सरकारको सहभागिताको विषयले पछिल्लो समय फुटेका कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा नेतृत्वको राप्रपाले वार्ता कमिटी गठन नै गरेका छन् ।

केही चरणमा वार्ता टोलीबीच एकताबारे छलफल नै चलेको छ । स्रोतका अनुसार, एकताबारे केही चरणमा छलफल चले पनि नेतृत्वको विषयमा अहिलेदेखि नै महाभारत पर्न थालेको छ ।

कमल थापा र पशुपति शमशेर राणा दुवै जना अध्यक्षका लागि दाबेदार छन् । उनीहरूले शुरुमै आफूनिकटका नेतामार्फत यस्तो चाहना सार्वजनिक गरिरहेका छन् ।

तर थापा र राणा दुवै जनालाई अध्यक्ष मान्न नसकिने मत उठ्न थालेको छ । थापाको स्वेच्छाचारिता र सुस्त कार्यशैलीका कारण अरु नै कोही तेस्रो व्यक्तिलाई नेतृत्व सुम्पिनु पर्ने मत बाक्लिन थालेको छ ।

अडान लिंदा बचेखुचेको शक्ति पनि सकिने भएकाले यसमा कमल थापा पनि सकारात्मक नै देखिएको राप्रपाका एक नेताले बताए ।

स्रोतका अनुसार, थापा र राणाको विकल्पमा प्रकाशचन्द्र लोहनीलाई अघि सार्ने विकल्प पनि अघि सारिएको छ । राणा र थापाभन्दा सन्तुलित र नेतृत्वको अवसरसमेत नपाएकाले उनको नाममा खासै विवाद नहुने अनुमान छ ।

लोहनीलाई कार्यकारी अध्यक्षकारुपमा अघि सारेर थापा र राणालाई कुनै सम्मानित स्थानमा राख्नेबारे पनि पञ्चहरूबीच छलफल भइरहेको बताइन्छ ।

तथापि, लोहनी अमेरिकामा रहेकाले यो विषयले गति लिन सकेको छैन । राप्रपाका एक नेताले लोहनी अमेरिकाबाट फर्किएलगत्तै एकताको विषय अघि बढ्ने बताए ।

पटक पटक सामान्य स्वार्थका कारण फुटेका पूर्वपञ्चहरू फेरि जुट्न लागे पनि कार्यकर्ताहरू उत्साहित छैनन् । विगतका तिकडमबाजी र अवसरवादी राजनीतिबाट आजित भएका नेता कार्यकर्ताहरू तत्काल जुटिहाले पनि यो दीर्घकालीन हुनेमा सशंकित नै छन् । साँघु अनलाईनबाट

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु