ठमेल क्षेत्रमा शनिबार विद्युत् आपूर्ति बन्द



नेपाल विद्युत् प्राधिकरणले शनिबार ठमेल लगायत एक दर्जन स्थानमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

प्राधिकरणले ११ केभी प्रसारण लाइनको मर्मतसम्भार गरी थप व्यवस्थित गर्न लागेकाले शनिबार बिहान ८ बजे देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको हो ।
प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका अनुसार ११ केभी प्रसारण लाइनअन्तर्गत लैनचौर फिडरका लाइन मर्मतका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।

त्यस फिडरबाट विद्युत् आपूर्ति भइरहेका लैनचौर दुग्ध विकास संस्थान अगाडिको गणेश मन्दिर, ठमेल जाने चोक, पुरानो नेपाली चुलो, हिटी पोखरी, जय नेपाल हल, हात्तीसार क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

यसैगरी, नक्साल नारायणचौर, प्रहरी हेडक्वार्टर, भूँडे गणेश, टंगाल स्कुल, नक्साल भगवती मन्दिर, मल्ल होटल अगाडि हुँदै अमृत साइन्स क्याम्पस आसपासका स्थानमा पनि विद्युत् आपूर्ति बन्द हुने रत्नपार्क वितरण केन्द्रले जनाएको छ ।

पर्यटकीय क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुँदा त्यसबाट पर्ने प्रभावप्रति प्राधिकरणले क्षमा मागेको छ ।

 

प्रतिक्रिया दिनुहोस
विपक्षीको संसदमा प्रश्न : मन्त्रीलाई पद छोड्न केले छेकेको छ ?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित विपक्षी दलहरूले विवाद र भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूबारे प्रधानमन्त्रीले

राष्ट्र बैंक भन्छ : सर्वसाधारण आत्तिनुपर्दैन, बैकहरु डुब्दैन

    अहिले नेपालमा बैंकहरु टाट पल्टिन लागेको हल्ला व्यापक छ । निश्चित

अष्ट्रेलियामा नेपाली युवकविरूद्ध पक्राउ पुर्जी जारी

    अष्ट्रेलियामा एकजना नेपाली युवकविरूद्व पक्राउ पुर्जी जारी भएको छ । अष्ट्रेलियामा

दोहोरो अंकले बढ्यो नेप्से

  आइतबारको तुलनामा आज कारोबार रकम ७८ करोड रूपैयाँ कम हो। सोमबार नेप्से