प्रचण्डका दाहिना सुमार्गीले राहू र केतुले छोडेको ठहर सहित फेरी गर्न थाले सवा दुई अर्बको यस्तो धन्धा



हाम्रो इकोनोमि

गैरकानुनी बाटोबाट विदेशी मुद्रा भित्राऊन खोज्ने अजेयराज सुमार्गीले अदालतको आदेशमा सवा दुई अर्ब रुपैयाँ झिके । त्यो रकम कहाँ खर्च गरे होलान् ? खोजी शुरु भएको छ । फागुनमा सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले पैसा रोक्ने कानुनी आधार र कारण नदेखिएको भन्दै रकम निकाल्न बाटो खोलेको थियो ।

अहिले झिकेको सवा दुई अर्बमध्ये ५० करोड विदेश पठाएर, त्यसलाई व्याजबापतको रकम भन्दै थप पाँच अर्ब रकम ल्याउने प्रक्रिया शुरु भएको छ । जसरी सन् २०१० को जनवरीमा साइप्रसबाट नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा आएको दुई करोड १३ लाख अमेरिकी डलर रोकिएको र उद्योग विभागले स्रोत नखुलेको भन्दै २०६९ चैत २८ मा रोक्का गर्न राष्ट्र बैंकलाई पत्र लेखेको थियो– सुमार्गी अहिले त्यही बाटो, तर फरक नाममा सल्बलाएका हुन् । फागुनमा उनलाई अदालतले दिएको आदेशअनुसार दाङमा सञ्चालित मुक्तिश्री सिमेण्ट उद्योग सुचारु गर्न खोजिँदैछ । र, त्यो पैसा त्यसमा मात्र खर्च गर्न पाइने हो । तर, त्यसपछि पनि उनलाई फिटिफिटी परेको विषय हो, ‘हेल्लो नेपाल’ को । उनले सुदूरपश्चिम र मध्यपश्चिममा ‘हेलो नेपाल’ नामक स्याटेलाइट मोबाइल सञ्चालन गरेका छन् । पश्चिमाञ्चलसम्म क्षेत्र विस्तार गर्ने अनुमति छ । तर, त्यसबापत पाँच वर्षको रोयल्टी तिरेका छैनन् । त्यसकारण अहिलेसम्म काम थाल्न सकिएको छैन । उनले अब नवीकरण दस्तुर र आयकर तिर्नुपर्नेछ । अदालतबाट निकासा भएको पैसाले त सिमेन्ट उद्योगमात्र चलाउन पाइने भयो । त्यसकारण अर्को बहाना झिकेर विदेशी रकम फेरि भित्र्याउने चाल चलेका हुन् ।

अहिले उनलाई केही सजिलो परिस्थिति बनेको छ । जस्तो कि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा अरुण तेस्रो जलविद्युत परियोजनाको शिलान्यास भयो र त्यसमा उर्जा मन्त्री वर्षमान पुन गएनन् । यसरी विभागीय मन्त्री त्यस्तो कार्यक्रममा नपुग्ने कुराको पृष्ठभूमि यस्तो छ– विद्युत विकास ऐनमा सय मेगावाटसम्मको जलविद्युत परियोजनाका लागि इजाजतपत्र दिने अधिकार उर्जा मन्त्रालयसँग छ । पछि आएको लगानी बोर्डले ठूला परियोजनाहरूको इजाजतपत्र अधिकार राख्दछ भने, ऊर्जा मन्त्रालय वर्षमानको नेतृत्वमा, तर लगानी बोर्डको अध्यक्षचाहिँ प्रधानमन्त्री । मोदी आउनु १० दिनअघि लगानी बोर्डले अरुण तेस्रोको जिम्मा भारतलाई दिने निर्णय गरेको थियो । यही घटनाले ऐनहरूमा एकरुपता ल्याउनुपर्ने खाँचो देखाउँछ । अब सुमार्गीले चाहे भने लगानी बोर्डको बाटोबाट आउन सक्ने अवस्था छ । जन आस्था बाट

प्रतिक्रिया दिनुहोस
१४ खर्ब ५ अर्ब राजश्व उठने अनुमान, ६ खर्ब ५७ अर्ब बजेट घाटा

    सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउँदा स्रोत अभाव...

लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन

    सरकारले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन गरेको छ ।...

कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४...

कर्मचारीको तलब २१ प्रतिशत वृद्धि

  सरकारले कर्मचारीको  तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा....