ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो
ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ । सोमबार बिहान सोवितकुमार थापाको साढे दुई तले घर ढलेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
जोखिममा रहेका कारण घरधनीलाई हिजो नै घर खाली गर्न आग्रह गरिएकाले मानवीय क्षति भने नभएको उनले बताए । अविरल वर्षाका कारण जमिन गल्न पुग्दा भिरालो सतहमा बनेको घर ढलेको उनको भनाइ छ ।

