नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी



हाम्रो इकोनोमि

 

 

नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज बिहानबाट पुन: सुरु गरिएको छ ।  सुरक्षित हिसाबले निकाल्ने गरी प्राविधिक तयारी गरिएको छ । प्राविधिकहरूसँग सल्लाह गरी सबै तयारी गरेका छौं । पुलको पिल्लरलाई कम भन्दा कम क्षति हुने गरी निकाल्ने तयारी भइरहेको छ, चितवन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने ।

क्रुजसिप निकाल्नका लागि क्रेनसमेत प्रयोग गरिने छ । क्रेन क्रुजसिप अड्किएको ठाउँ नजिकसम्म पुग्नका लागि हिजो राति अबेरसम्म दुईवटा एक्स्काभेटरमार्फत् बाटो बनाइएको थियो । आज पनि प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन कार्यालय भरतपुरका प्रमुखसहित इन्जिनियरहरूको टोली पनि काममा खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...