कार्यदलको प्रतिवेदन पुनर्लेखन गराउँदै ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को प्रतिवेदन आफू अनुकूलको नआएपछि अध्यक्ष केपी ओलीको निर्देशनमा अहिले पुनर्लेखन भइरहेको छ । प्रतिवेदन सच्याउने भनिए पनि ओलीकै शब्दमा यो ‘पुनर्लेखन’ नै भएको नेताहरूको भनाइ छ । कार्यदल संयोजक रहेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सँग समेत ढुक्क हुन नसकेपछि अध्यक्ष ओलीले नेता प्रदीप ज्ञवालीलाई यसमा खटाएको स्रोतले बताायो । ज्ञवालीको नाम कार्यदल गठनको सुरुवाती नामावली र बैठकको निर्णयमा रहे पनि पछि ‘अन्तरपार्टी निर्देशिका’ (अपानी) मा छुटेको ओलीनिकट नेताहरूको दाबी छ । महाधिवेशनमा महासचिवका आकांक्षी ज्ञवालीलाई ओलीले उपाध्यक्षमा प्रस्ताव गरे पनि उनी असन्तुष्ट भई केन्द्रीय सदस्य मात्र बसेका थिए । पछिल्लो समय ज्ञवाली ओलीको विश्वासपात्रका रूपमा अघि सरिरहेका छन् ।

सच्याउन लागिएको प्रतिवेदनमा ‘पुनर्गठन’ को व्याख्यालाई केवल नेतृत्वमा मात्र सीमित नगरी राजनीतिक, वैचारिक र सांगठनिक बनाउने तयारी छ । राजनीतिक रूपमा यसलाई ‘मिसन जागरण’ का रूपमा अघि बढाउने, वैचारिक रूपमा नीति, निर्णय र कार्यशैलीमा पुनर्संरचना गर्ने र सांगठनिक रूपमा भद्दा कमिटीहरूलाई छरितो बनाउने गरी प्रतिवेदन परिमार्जन गरिँदै छ । असोज पहिलो साता बस्ने केन्द्रीय कमिटी बैठकअघि नै प्रतिवेदनलाई अन्तिम रूप दिई कार्यदलमा छलफल गराउने तयारी छ ।

केन्द्रीय कमिटीअघि कार्यदल र सचिवालयको बैठक बस्छ, अहिले पुनर्लेखन गर्न लागिएको प्रतिवेदन त्यहाँ छलफल भएरै जान्छ, ओली निकट एक नेताले भने बादलजीलाई लेखनमा सहयोग गर्न प्रदीपजी सक्रिय हुनुभएको हो । धेरै ठाउँमा मिलाउनुपर्ने भएकाले यसलाई पुनर्लेखन नै भनिएको हो । अध्यक्ष ओली औपचारिकताका लागि कार्यदलको बैठक बोलाउन तयार भए पनि सचिवालय बैठकका विषयमा भने खासै रुचि देखाएका छैनन् ।

ओली निकट नेताहरूका अनुसार प्रतिवेदनले अध्यक्षमाथि ‘चार्ज’ (आरोप) लगाउने शैली अपनाएको र विघटन, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक तथा विशेष महाधिवेशनका विषयलाई गलत ढंगले उठाइएको भन्दै त्यसलाई सच्याउनैपर्ने दबाब छ । भदौ ४ को बैठकमा महासचिव पोखरेलले पुनर्लेखनमा सहमति जनाएनन् । उपयुक्त समयमा नेतृत्व हस्तान्तरण गर्ने’ शब्द राखेर प्रतिवेदन टुङ्ग्याउने गरी ओली पक्षबाट प्रस्ताव आएको बताइन्छ । उपयुक्त समयमा नेतृत्व हस्तान्तरण शब्दलाई बीचमा पनि हुनसक्छ र विशेष महाधिवेशनबाट पनि हुनसक्छ भन्नेगरी अर्थ लगाइएको छ’ छलफलमा सहभागी एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...