कार्यदलको प्रतिवेदन पुनर्लेखन गराउँदै ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को प्रतिवेदन आफू अनुकूलको नआएपछि अध्यक्ष केपी ओलीको निर्देशनमा अहिले पुनर्लेखन भइरहेको छ । प्रतिवेदन सच्याउने भनिए पनि ओलीकै शब्दमा यो ‘पुनर्लेखन’ नै भएको नेताहरूको भनाइ छ । कार्यदल संयोजक रहेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सँग समेत ढुक्क हुन नसकेपछि अध्यक्ष ओलीले नेता प्रदीप ज्ञवालीलाई यसमा खटाएको स्रोतले बताायो । ज्ञवालीको नाम कार्यदल गठनको सुरुवाती नामावली र बैठकको निर्णयमा रहे पनि पछि ‘अन्तरपार्टी निर्देशिका’ (अपानी) मा छुटेको ओलीनिकट नेताहरूको दाबी छ । महाधिवेशनमा महासचिवका आकांक्षी ज्ञवालीलाई ओलीले उपाध्यक्षमा प्रस्ताव गरे पनि उनी असन्तुष्ट भई केन्द्रीय सदस्य मात्र बसेका थिए । पछिल्लो समय ज्ञवाली ओलीको विश्वासपात्रका रूपमा अघि सरिरहेका छन् ।

सच्याउन लागिएको प्रतिवेदनमा ‘पुनर्गठन’ को व्याख्यालाई केवल नेतृत्वमा मात्र सीमित नगरी राजनीतिक, वैचारिक र सांगठनिक बनाउने तयारी छ । राजनीतिक रूपमा यसलाई ‘मिसन जागरण’ का रूपमा अघि बढाउने, वैचारिक रूपमा नीति, निर्णय र कार्यशैलीमा पुनर्संरचना गर्ने र सांगठनिक रूपमा भद्दा कमिटीहरूलाई छरितो बनाउने गरी प्रतिवेदन परिमार्जन गरिँदै छ । असोज पहिलो साता बस्ने केन्द्रीय कमिटी बैठकअघि नै प्रतिवेदनलाई अन्तिम रूप दिई कार्यदलमा छलफल गराउने तयारी छ ।

केन्द्रीय कमिटीअघि कार्यदल र सचिवालयको बैठक बस्छ, अहिले पुनर्लेखन गर्न लागिएको प्रतिवेदन त्यहाँ छलफल भएरै जान्छ, ओली निकट एक नेताले भने बादलजीलाई लेखनमा सहयोग गर्न प्रदीपजी सक्रिय हुनुभएको हो । धेरै ठाउँमा मिलाउनुपर्ने भएकाले यसलाई पुनर्लेखन नै भनिएको हो । अध्यक्ष ओली औपचारिकताका लागि कार्यदलको बैठक बोलाउन तयार भए पनि सचिवालय बैठकका विषयमा भने खासै रुचि देखाएका छैनन् ।

ओली निकट नेताहरूका अनुसार प्रतिवेदनले अध्यक्षमाथि ‘चार्ज’ (आरोप) लगाउने शैली अपनाएको र विघटन, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक तथा विशेष महाधिवेशनका विषयलाई गलत ढंगले उठाइएको भन्दै त्यसलाई सच्याउनैपर्ने दबाब छ । भदौ ४ को बैठकमा महासचिव पोखरेलले पुनर्लेखनमा सहमति जनाएनन् । उपयुक्त समयमा नेतृत्व हस्तान्तरण गर्ने’ शब्द राखेर प्रतिवेदन टुङ्ग्याउने गरी ओली पक्षबाट प्रस्ताव आएको बताइन्छ । उपयुक्त समयमा नेतृत्व हस्तान्तरण शब्दलाई बीचमा पनि हुनसक्छ र विशेष महाधिवेशनबाट पनि हुनसक्छ भन्नेगरी अर्थ लगाइएको छ’ छलफलमा सहभागी एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...