दोहोरो अंक घट्यो सेयर बजार



हाम्रो इकोनोमि

 

 

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ । सोमबार सेयर बजार १६.४७ अंक घटेर २६१३.३३ विन्दुमा रोकिएको छ । यो ०.६२ प्रतिशतको गिरावट हो । आज कारोबार भने ५ अर्ब नाघेको छ । सोमबार कूल ३ सय ५७ धितोपत्रको ५८ हजार ५ सय वटा कारोबारबाट १ करोड ३१ लाख ७८ हजार १ सय २८ कित्ता सेयर किनबेच भयो । जसबाट कुल ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४ सय १४ रुपैयाँ बराबर कारोबार भएको छ ।

आज व्यापारबाहेक सबै उपसूचकको मूल्य घट्यो । जसको प्रभाव समग्र बजारमा देखिएको छ । आज सबैभन्दा धेरै निर्जीवन बीमाका लगानीकर्ताले १.२० प्रतिशतले घाटा बेहोरेका छन् । सोमबार केबीएल डिभेन्चरको मूल्य सर्वाधिक १२.१७ प्रतिशतले बढ्यो । लक्ष्मी सनराइज डिभेन्चरको मूल्य १० प्रतिशतले वृद्धि भयो । प्राइम बैंक डिभेन्चरको मूलय ८.८३ प्रतिशतले बढ्यो ।

हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै १०.५८ प्रतिशतले घट्यो । यसबाहेक इमर्जिङ नेपाल लिमिटेड, ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड,धाैलागिरि लघुवित्त वित्तीय संस्था लगायत धितोपत्रको मूल्य समेत धेरैले घटेको छ । आज हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै रकम कारोबार भयो । हाथवेको सबैभन्दा धेरै वटा कारोबार भए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...