दोहोरो अंक घट्यो सेयर बजार



हाम्रो इकोनोमि

 

 

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ । सोमबार सेयर बजार १६.४७ अंक घटेर २६१३.३३ विन्दुमा रोकिएको छ । यो ०.६२ प्रतिशतको गिरावट हो । आज कारोबार भने ५ अर्ब नाघेको छ । सोमबार कूल ३ सय ५७ धितोपत्रको ५८ हजार ५ सय वटा कारोबारबाट १ करोड ३१ लाख ७८ हजार १ सय २८ कित्ता सेयर किनबेच भयो । जसबाट कुल ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४ सय १४ रुपैयाँ बराबर कारोबार भएको छ ।

आज व्यापारबाहेक सबै उपसूचकको मूल्य घट्यो । जसको प्रभाव समग्र बजारमा देखिएको छ । आज सबैभन्दा धेरै निर्जीवन बीमाका लगानीकर्ताले १.२० प्रतिशतले घाटा बेहोरेका छन् । सोमबार केबीएल डिभेन्चरको मूल्य सर्वाधिक १२.१७ प्रतिशतले बढ्यो । लक्ष्मी सनराइज डिभेन्चरको मूल्य १० प्रतिशतले वृद्धि भयो । प्राइम बैंक डिभेन्चरको मूलय ८.८३ प्रतिशतले बढ्यो ।

हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै १०.५८ प्रतिशतले घट्यो । यसबाहेक इमर्जिङ नेपाल लिमिटेड, ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड,धाैलागिरि लघुवित्त वित्तीय संस्था लगायत धितोपत्रको मूल्य समेत धेरैले घटेको छ । आज हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै रकम कारोबार भयो । हाथवेको सबैभन्दा धेरै वटा कारोबार भए ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...