जन्मदिनको केक काट्दै गर्दा पत्नी राधिकाले ओलीलाई मुर्छा पर्ने गरी यसरी हसाइन्,प्रचण्ड तनाबमा ओली मन्त्रीका नाम मिलाउदै



प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६६ औँ जन्मदिनको केक बालुवाटारमा शुक्रबार बिहान १० बजे काटेका छन्।
स्थायी समिति बैठकको सुरुमा पत्नी राधिका शाक्य, शुभचिन्तक र गण्यमान्यको उपस्थितिमा प्रधानमन्त्रीले केक काटेका हुन्।
प्रधानमन्त्रीले केक काट्दै गर्दा उनकी पत्नी राधिका शाक्यले अब राति बाह्र बजेसम्म आज केकमात्रै काटिरहने त होला नि भन्दा सबै उपस्थितको मुखबाट हाँसोको फोहोरा छुटेको थियो। एमालेको चुनाव चिह्न सूर्यअंकित केक काटेर प्रधानमन्त्रीले जन्मदिन मनाएका थिए।
प्रधानमन्त्रीलाई बधाई र शुभकामना दिन चिनियाँ राजदूत, भारतीय राजदूतसहित उनका शुभचिन्तक र एमाले तथा अन्य पार्टीका नेताहरुको बालुवाटारमा घुइँचो लागेको छ।
केक काटेलगत्तै बालुवाटारमा एमाले स्थायी समिति बैठक सुरु भएको छ जसले मन्त्रीको नाम टुंग्याउने छ।

एमाले र माओवादीबीच बिहीबार मात्रै मन्त्रालयको भागबण्डामा कुरा मिलेको थियो । एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्रालय लिने सहमति भएसँगै एमालेले मन्त्री छनोट गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले एमालेले आफ्नो भागमा परेको मन्त्रालयमा पठाउने मन्त्री छान्न बिहान ९ बजे स्थायी समिति बैठक बोलाएको जानकारी दिएको छ ।
एमाले–माओवादीबीच मन्त्रालय भागबण्डा मिलेपछि ओली सरकार विस्तारको तयारीमा छन् । तर मन्त्रीका आकांक्षी धेरै हुँदा दुवै पार्टीलाई मन्त्री छनोट गर्न हम्मे परिरहेको छ ।

बालुवाटार स्रोतका अनुसार, एमाले–माओवादीले मन्त्रीको नाम टुंगो लगाएमा प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।
एमाले अध्यक्ष ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले एमालेबाट २ मन्त्री थपेर शपथ गराए पनि आफ्नो मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

एमाले स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
बैठकले एमालेको तर्फबाट मन्त्री मण्डलमा सहभागीहरुको नाम तय गर्नेछ।
हिजो दिउसो बस्ने भनिएको बैठक अहिले विहान १० बजेदेखि सुरु भएको हो।

उता माओबादीमा गृहमन्त्रालय कसले पाउने भन्ने विषयमा माओवादी नेताहरुबीच विवाद चर्किएको छ। माओवादी नेता रामबहादुर थापा र वर्षमान पुन दुवैले गृहमा चाहना देखाएपछि विवाद बढेको हो।

सुरुमा गृहको दावेदारको रुपमा वर्षमान पुनलाई हेरिएको थियो। तर गृह मन्त्रालयसहित रामबहादुर थापा ‘बादल’ले माओवादीका तर्फबाट सरकारको नेतृत्व गर्ने अवस्था देखिएपछि नेताहरुबीच खटपट सुरु भएको हो।
‘उहाँले प्रष्ट रुपमा गृह र अर्थमध्ये एउटा मन्त्रालय लिन्छु भनेर यसअघि नै अध्यक्ष प्रचण्डलाई भनिसक्नु भएको हो’, पुन निकट एक नेताले भने।

एमालेको दाबी रहँदै आएको अर्थ उसैले पाउने भएपछि माओवादीले गृहसहितका ७ मन्त्रालयको दाबी गरेको छ। सो प्रस्तावमा एमाले सकारात्मक भइसकेकाले गृह माओवादीले पाउने निश्चित छ। र निश्चित जस्तै भइसकेको विषय यस पटक माओवादीका बरिष्ठ नेतामध्ये पर्ने रामबहादुर थापा ‘बादल’ले सरकारको नेतृत् गर्ने भन्ने पनि हो।

सुरुमा थापा गृहमन्त्रालय लिने ‘मुड’ मा थिएनन्। ०६५ सालमा रक्षामन्त्री बन्दा पाएको असफलताका कारण बादलले सुरक्षासम्बन्धी मन्त्रालयको जिम्मेवारी लिन अरुचि देखाएका थिए। तर केही दिनयता उनले पार्टी अध्यक्ष प्रचण्ड सामु गृहमन्त्रालयमा दावेदारी पेश गर्दै आएका हुन्।

थापाले गृहमा रुचि नदेखाउँदा वर्षमान पुनले गृहको दावी गरेका थिए। अहिले परिस्थिति फेरिएपछि पुनले असहज महसुस गरेको स्रोतले बतायो। नेता पुनले बुधबार पार्टी अध्यक्ष दाहाललाई भेटेर सरकारकै नेतृत्वसहति गृहको दावी गरेका थिए।
‘पहिला गृहमन्त्रालय लिने वादलजीको चाहना थिएन। त्यही भएर उहाँले सरकारको नेतृत्व गर्ने र वर्षमानजीले गृहमन्त्रालय लिनेमा पार्टीभित्र आम सहमतिजस्तै थियो’, नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने, ‘अहिले एकाएक उहाँले सरकारको नेतृत्व र गृह दुवै दाबी गरेपछि वर्षमानजीले प्रचण्डलाई भेटेर गृहसहित सरकारको नेतृत्व दाबी गर्नुभएको छ।’

तनाबमा दाहाल
आफू निकटका दुवै नेताले गृह दावी गरेपछि अध्यक्ष दाहाल कसरी व्यवस्थापन गर्ने भनेर अन्यौलमा परेका छन्। यो विषयका कारण उनी तनाबमा रहेको स्रोत बताउँछ। वर्षमान पुन अध्यक्ष दाहाललाई लामो समयदेखि साथ दिँदै आएका विश्वास पात्र हुन्। दाहालले पुनलाई आफ्नो आर्थिक च्यानल व्यवस्थापनको जिम्मेवारी दिएको बताइन्छ।

उता बादल अध्यक्ष दाहालकै समकक्षी नेता हुन्। लामो राजनीतिक जीवनमा यी दुई नेताबीच महत्वपूर्ण सहकार्य हुँदै आएको छ। कुशल संगठकको छवि बनाएका थापा ०६९ सालमा एकीकृत माओवादी विभाजन हुँदा मोहन वैद्यतर्फ लागेका थिए। तर अघिल्लो वर्ष ठूलो समुहका साथ उनले एमाओवादी केन्द्रसँग पार्टी एकीकरण गरे। मोहन वैद्यको नेतृत्वमा भएको फुटले कमजोर भएको माओवादी पंक्तिलाई त्यो एकीकरणले बलियो बनाएको थियो।

माओवादी केन्द्रका एक नेता गृहमन्त्रीमा उनकै सम्भावना बलियो हुँदै गएको बताउँछन्। ‘पचास प्रतिशतभन्दा माथि सम्भावना बादलकै देखियो। बादल स्वयंले दावी गरेपछि प्रचण्ड त्यसलाई इन्कार गर्नुहुन्छ जस्तो लाग्दैन’, उनले भने। अर्को बलियो पक्ष के पनि हो भने थापा दाहालकै गृहजिल्ला चितवन निवासी हुन्। आफ्नो निर्वाचन क्षेत्र चितवनलाई बनाएका दाहालका लागि थापालाई चिढ्याउनु फाइदाजनक नहुने ती नेताको बुझाइ छ।

अध्यक्षले थापालाई गृहमन्त्री बनाउने परिस्थिति बन्दै गएपछि पुन पक्षधरले भने विभाजनमा गएर फर्किएका नेताहरुलाई प्रचण्डले काखी च्यापेको आरोप लगाउन थालेका छन्। मोहन वैद्य नेतृत्वको माओवादीबाट फर्किएका वादल समुह र नयाँशक्तिबाट फर्किएका देवेन्द्र पौडेल समूहले बढी राजनीतिक लाभ लिएको उनीहरुको बुझाइ छ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको