अमेरिकाले फिर्ता लियो सैन्य सहायता रोक्ने निर्णय



 

 

मङ्गलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने जनाएको छ । यस वार्ताको क्रममा युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति जनाएको छ ।

ह्वाइट हाउसमा आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्तावबारे प्रतिक्रिया जनाउँदै युक्रेनले यसमा सहमति जनाएको र आशा गरिएको छ कि रुसले पनि समर्थन गर्ने बताए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्ने संकेत गर्दै आपसी समझदारीका लागि पहल गर्ने उल्लेख गरे ।

वार्तामा अमेरिकी विदेश सचिव मार्को रुबियोले साउदी अरेबियाको मध्यस्थताको प्रशंसा गर्दै अब रुसले युद्धविराम सर्तहरू स्वीकार गरेर वास्तविक शान्ति वार्तामा अघि बढ्नुपर्ने बताएका छन् । उनले वार्ताको सफलताका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको पहललाई श्रेय दिँदै युद्ध अन्त्य गर्नु नै प्रमुख उद्देश्य रहेको स्पष्ट पारे ।

यस वार्तामा अमेरिकाको तर्फबाट विदेश सचिव मार्को रुबियोसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्व राजदूत स्टीभ विटकफ सहभागी थिए भने युक्रेनको तर्फबाट राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका प्रमुख कर्मचारी एन्ड्री येर्माक, विदेशमन्त्री एन्ड्रि सिबिहा र रक्षामन्त्री रुस्टेम उमरोभ उपस्थित थिए  ।

यसैबीच, रुसी राज्य समाचार संस्था ताससँग कुरा गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकी प्रतिनिधिहरूसँग आगामी दिनमा सम्पर्क गर्न सकिने सङ्केत गरे ।

फेब्रुअरी २८ मा ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच विवाद भएको थियो । त्यसयता अमेरिका र युक्रेनबीच उच्चस्तरीय वार्ता हुन सकेको थिएन । राष्ट्रपति ट्रम्पले युक्रेनलाई अमेरिकी सैन्य सहायता र खुफिया जानकारी आदानप्रदानमा रोक लगाएपछि दुई देशबीचको सम्बन्ध नाजुक बनेको थियो । हाल कीभले अमेरिकासँग सम्बन्ध सुधार गर्न निरन्तर पहल गरिरहेको छ ।

अब प्रस्तुत युद्धविराम प्रस्तावमा रुसले कसरी प्रतिक्रिया जनाउनेछ भन्ने चासोको विषय बनेको छ। यदि रुसले सहमति जनाएको खण्डमा युद्ध अन्त्यतर्फ एक महत्वपूर्ण कदम अघि बढ्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको