एमाले मुख्यालयमा शिक्षक महासंघको धर्ना



हाम्रो इकोनोमि

 

 

शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखेर पुन: आन्दोलनमा होमिएको नेपाल शिक्षक महासंघले नेकपा एमालेको मुख्यालयमा धर्ना दिएको छ । महासंघको दोस्रो चरणको आन्दोलनअन्तर्गत  दलहरूलाई ध्यानाकर्षण गराउने क्रममा शिक्षक नेताहरू च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगेका हुन् । महासंघको टोली हिजो नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिन पुगेको थियो ।

महासंघले चैत १ मा माओवादी कार्यालय, २ गते नेकपा एस, ३ गते रास्वपा, ४ गते जसपा, लोसपा र राजमोको कार्यालयमा र ५ गते जनमत, नागरिक उन्मुक्ति, राप्रपाको कार्यालयमा धर्ना दिने गरी योजना बनाइएको छ । यसअघि महासंघले फागुन २४ गते पहिलो चरणको आन्दोलन गरेको थियो । घोषित आन्दोलन अन्तर्गत राजनीति दललाई मागबारे ध्यानाकर्षण गराएको अध्यक्ष लक्ष्मीकिशोरी सुवेदीले बताइन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...