एमाले मुख्यालयमा शिक्षक महासंघको धर्ना



हाम्रो इकोनोमि

 

 

शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखेर पुन: आन्दोलनमा होमिएको नेपाल शिक्षक महासंघले नेकपा एमालेको मुख्यालयमा धर्ना दिएको छ । महासंघको दोस्रो चरणको आन्दोलनअन्तर्गत  दलहरूलाई ध्यानाकर्षण गराउने क्रममा शिक्षक नेताहरू च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगेका हुन् । महासंघको टोली हिजो नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिन पुगेको थियो ।

महासंघले चैत १ मा माओवादी कार्यालय, २ गते नेकपा एस, ३ गते रास्वपा, ४ गते जसपा, लोसपा र राजमोको कार्यालयमा र ५ गते जनमत, नागरिक उन्मुक्ति, राप्रपाको कार्यालयमा धर्ना दिने गरी योजना बनाइएको छ । यसअघि महासंघले फागुन २४ गते पहिलो चरणको आन्दोलन गरेको थियो । घोषित आन्दोलन अन्तर्गत राजनीति दललाई मागबारे ध्यानाकर्षण गराएको अध्यक्ष लक्ष्मीकिशोरी सुवेदीले बताइन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...