प्रचण्ड संग भएका गोप्य कुराको ‘ब्रिफिङ’ गर्न भन्दै ओलीले आफ्नै घरमा बोलाए स्थायी कमिटी बैठक



नेकपा एमालेले पार्टी एकता लगायत समसामयिक बिषयमा छलफल गर्न स्थायी कमिटिको बैठक बोलाएको छ। बैठक एमाले अध्यक्ष केपी ओलीको निवास भक्तपुरको बालकोटमा अपराह्न ४ बजेपछि सुरु हुनेछ।

बैठकमा पार्टी अध्यक्ष ओलीले पार्टी एकता प्रक्रियामा हालसम्म भएका प्रगतिका विषयमा ब्रिफिङ गर्ने तयारी गरेका छन्। ओलीले गत बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मीनभवनको एक गोप्य स्थानमा करिब तीन घन्टा एक्लै वार्ता गरेका थिए। सो भेटमा शुक्रबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरिए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो।

पछिल्लो समय दुई वाम दलबीचको एकता प्रक्रिया जटिल मोडमा पुगेको भन्दै दुवै दलका शीर्ष तहका नेताहरुले समेत संशय व्यक्त गरेका थिए। माओवादी केन्द्रले फागुनको दोस्रो साताअगाडि नै नयाँ सरकार गठन हुने भन्दै त्योभन्दा अघि नै पार्टी एकताको मोडालिटी टुंग्याउनुपर्ने बताउँदै आएको छ।

पार्टी सचिव योगेश भट्टराईले बैठकमा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकको सूची टुंगो लगाउने विषयमा पनि छलफल केन्द्रित हुने बताए। ‘निर्वाचन आयोगले केही दिनभित्र समानुपातिकको सूची बुझाउन भनेको छ, त्योसँगै एकताको मोडालिटीका विषयमा पनि छलफल हुन्छ।’

ओली सरकार बन्नुअघि नेपालमा तीन शक्ति राष्ट्रका आर्मी प्रमुखहरू

सरकार परिवर्तनको प्रक्रिया नजिकिँदै जाँदा नेपालमा यसै साता तीन वटा शक्ति राष्ट्र अमेरिका, बेलायत र भारतको आर्मीका उच्च ओहदाका अफिसरले भ्रमण गरिरहेका छन्।

बेलायती आर्मी चिफ निकोलस प्याट्रिक कार्टर बुधबार नेपाल आएका हुन्। उनले शुक्रबार नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग कार्यालयमै गएर भेट गरेका थिए। कार्टर पोखरामा हुन लागेको गोर्खा रिक्रुटको परेडमा भाग लिन नेपाल आएको बताइएको छ। उनी ४ दिनको नेपाल बसाइपछि आउँदो सोमबार बेलायत फर्किंदै छन्।

अमेरिकी चार तारे जर्नेल तथा प्यासिफिक कमान्डर रोबर्ट ब्रुक्स ब्राउन विहीबार राति नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले जानकारी दिएका छन्। नेपाल बसाइका क्रममा उनले वरिष्ठ नेताहरूलाई पनि भेट्दै छन्। तर, कसलाई भेट्दै छन् भन्ने खुलाइएको छैन।

यस्तै, भारतीय आर्मी चिफ विपीन राउत शिवरात्रीको दिन काठमाडौंको टुँडीखेलमा मनाइने सेना दिवसको कार्यक्रममा भाग लिन नेपाल आउन लागेको भारतीय मिडियाले जानकारी दिएको छ। नेपाल भ्रमणमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र रक्षामन्त्री भीमसेन दास प्रधानलाई भेट्दै छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्नुअघि तीन देशका उच्च आर्मी अफिसरको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले भारतीय रक्षा मन्त्रालयको एक पदाधिकारीको भनाइ उद्धृत गर्दै भनेको छ, ‘नयाँ कम्युनिस्ट सरकार गठन अगाडि तीन देशका आर्मीका उच्च पदाधिकारीको नेपाल आगमनले भौगोलिक रणनीतिको महत्व उजागर गरेको छ।’

ओली नेतृत्वको सरकार गठनको मिति नजिकिदँ जाँदा गत साता भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको दुई दिने भ्रमण गरेकी थिइन्। त्यतिबेला उनले ओलीसँग होटल सोल्टीमा ‘वान टु वान’ वार्ता गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस
सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका

माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका