प्रिमियरको एफपीओ भोली बाँडफाँड हुने



हाम्रो इकोनोमि

प्रिमियर इन्स्योरेन्सको थप नयाँ सेयर भोली बिहीबार बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार १८ गते बिहीबार बिहान ९ बजे इन्स्योरेन्सको कार्यालयमा सेयर बाँडफाँड हुनेछ ।

इन्स्योरेन्सले निश्कासन गरेको ६ लाख ६५ हजार ५ सय ६५ कित्ता एफपीओका लागि १ लाख ८९ हजार वटा आवेदन परेका थिए । उल्लेखित आवेदनबाट ५२ करोड ६९ लाख ९२ हजार ४३५ रुपैयाको सेयरका लागि ३ अर्ब २४ करोड रुपैंया बढीको सेयर माग भएको थियो । तर कम्पनीको सेयर १० कित्ताका दरले जम्मा ६६ हजार ५५६ जनाले मात्र पाउने भएका छन् ।

कम्पनीको सेयरमा आवेदन गर्ने एक सय जनामा ३५ जनाले मात्र १० कित्ता सेयर पाउँदा ६५ जना रित्तो हात हुने भएका छन् ।

१०० रुपैयाँअंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरी ७ सय ९९ रुपैयाँमा सेयर बिक्री गरेको कम्पनीले ४६ करोड १० लाख रुपैंया प्रिमियम संकलन गर्नेछ । अंकित मूल्य भने अहिलेको चुक्ता पूँजी ४४ करोड ५ लाख रुपैंयामा थप भई ५१ करोड माथि पुग्नेछ ।

बीमा समितिले गरेको व्यवस्था अनुसार १ अर्ब चुक्ता पूँजी कायम गर्न कम्पनीले गत आर्थिक वर्षको कमाईबाट १३.५२ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरिसकेको छ । उक्त बोनस पश्चात कम्पनीको चुक्ता पूँजी साढे ५८ करोड नजिक पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...