काबुलस्थित सैनिक विश्वविद्यालयमा आक्रमण, पाँचको मृत्यु



अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सैनिक विश्वविद्यालयमा आतङ्ककारी आक्रमण भएको छ ।

पाँच जनाको सङ्ख्यामा आएका आतङ्ककारीले स्थानीय समायाअनुसार सोमबार विहान ५ बजे ‘मार्सल फहिम नेसनल डिफेन्स युनिभर्सिटी’ मा विस्फोटक पदार्थ हान्नुको साथै गोलाबारी सुरु गरेका थिए ।

त्यसपछि सैनिकले गरेको जवाफी कारबाहीमा तीन आतङ्ककारीसहित पाँचको मृत्यु भएको छ । यस आक्रमणमा परी १० सुरक्षा अधिकारी र तीन आतङ्ककारी घाइते भएका छन ।

मारिनेमा विद्यार्थी, शिक्षक वा को हुन् भन्ने बारेमा भने केही बताइएको छैन । बिहान विश्वविद्यालय खुलेपछि सो हमला भएको थियो ।

सोमबार विहान सवेरै स्थानीय समायाअनुसार सोमबार विहान ५ बजे यस सैन्य विश्वविद्यालयमा आतङ्ककारी आक्रमण भएको प्रत्यक्षदर्शीहरुले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

राजधानी काबुलमा पछिल्लो समयमा हरेक दिनजसो यस्ता हिंसात्मक हमलाहरु भएका छन् । तर यसअघि भएको एम्बुलेन्स बम हमला र आज विश्वविद्यालयमा नै हमला भएकोले यसबाट भने चिन्ता बढेको बताइएको छ ।
गत शनिबार पनि अफगानिस्तानको राजधानी काबुलमा भएको भीषण आतङ्ककारी हमला १०३ को मृत्यु हुनुको साथै २३५ घाइते भएका थिए ।

यसको दुई दिनपछि नै अर्को भीषण आक्रमण भएको छ । एम्बुलेन्समा बम राखेर गरिएको सो आक्रमणमा परी कम्तीमा पनि १०० जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

शनिबार अपरान्ह काबुलको मध्यभागमा अवस्थित सिदारात स्क्वायरमा स्थानीय समयानुसार दिउँसो करिब १२ः५० मा अत्यधिक भीड भएतर्फ लक्ष्यगरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स ठोकाइएको थियो ।

घाइतेमध्ये कैयौको अवस्था अत्यन्तै नाजुक भएको हुनाले अझै पनि शनिबारको आक्रमणमा मृतकको सङ्ख्या बढ्ने पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

यसअघि पनि जनवरी २१ मा अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा भएको आक्रमणमा परी ४० व्यक्तिको मृत्यु भएको थियो ।

एम्बुलेन्स र होटेल आक्रमण दुबैको तालिबान लडाकू समूहले जिम्मेवारी लिएको छ । करिब ५ लाख जनसङ्ख्या रहेको यस राजधानी सहर काबुलमा गत दुईवर्ष यता शृंखलाबद्ध रुपमा आतङ्ककारी आक्रमण हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको