चार दिन आईओएमको डिन बनेका डा. शर्मा भन्छन् : ‘डा. केसी अनसन छाडेर डिन बन्न आउनुस्’



त्रिवि कार्यकारी परिषदको बैठकबाट २०७० पुस २५ गते चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिनमा नियुक्त भएका डा. शशि शर्मा डा. गोविन्द केसीको अनशनपछि १४ दिनमै पदमुक्त भएका थिए। वरिष्ठताको आधारमा डिन नियुक्त हुनुपर्ने माग राख्दै केसीले अनसन बसेपछि शर्मालाई मन्त्रिपरिषदले पदमुक्त गरेको थियो।

आफूलाई अन्यायपूर्ण तरिकाले पदमुक्त गराइएको भन्दै डा. शर्माले सर्वोच्च अदालतमा रिट दायर गरे। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले पुस २३ गते शर्मालाई डिनमा हाजिर गराउने व्यवस्था मिलाउन सरकार र त्रिविको नाममा परमादेश जारी गर्‍यो। कार्यकालको चार दिन बाँकी हुँदा डा. शर्मा सर्वोच्चले दिएको आदेशअनुसार डिनको कार्यभार सम्हालिरहेका छन्। डा. शर्मासँग सविना खनालले गरेको कुराकानी :

चार दिनका लागि भए पनि डिनमा पुनर्वहाली हुनुभएको छ, अदालतको फैसलालाई कसरी लिनुभएको छ ?

अदालतको फैसलाप्रति ज्यादै नै आभारी छु। ढिलै भए पनि मलाई अदालतले न्याय दिएको छ। चार दिनका लागि गरेको फैसला मेरा लागि चार वर्षको लागि गरेको जस्तो लागेको छ। चार वर्ष पहिले म आईओएमलाई अगाडि बढाउँछु भन्ने योजनाका साथ आएको थिएँ। मैले आईओएमलाई युनिभर्सिटी बनाउँछु, अस्पताललाई पीजी सिस्टममा लैजाने, एमडी र एमसलाई निस्शुल्क गर्छु भन्ने योजना ल्याएको थिएँ। तर विविध कारणले मैले काम गर्न पाइनँ र म अदालत गएँ। मलाई डिनबाट बर्खास्ती गरेकोमा अदालतको सम्मान गरेर हालसम्म सार्वजनिक रूपमा बोलेको थिइनँ। अहिले मैले न्याय पाएँ। यो देशमा कानुनी राज्य छ भन्ने आभास भएको छ। चार दिनमा त मैले के काम गर्न पाउँला र ! धन्यवाद छ सर्वोच्च अदालतलाई।

चार दिनमा केके गर्नुभयो ?

चार वर्ष अगाडि मैले ठूलो प्लान लिएर आएको थिएँ, तर कम गर्न पाइनँ, तैपनि यो चार दिनमा केही काम गरेँ। आईओएममा हाल स्युवियुले डिन कार्यलयमा ताला लगाइरहेको छ। तिनीहरूसँग वार्ता गरेँ, वार्ता टुंगिएको छ। आज सार्वजनिक बिदा भएकाले प्रक्रियामा गएर ताला खुलाउन सकिँदैन होला, तर वार्ता सहमतिमा पुगिसकेको छ। मलाई पुनस् डिनमा नियुक्ति गरेपछि पुनस् हाम्रो अस्पतालमा अनसन सुरु भयो तर मैले यस्तो अवस्थामा पनि अस्पताल बन्द हुने वातावरण गराइन। यो नै मेरो चार दिनको सबैभन्दा ठूलो उपलब्धि हो।

तपाईंलाई सर्वोच्चले पुनर्वहाली गरेपछि डा. गोविन्द केसीले अनसन सुरु गर्नुभयो, यसलाई कसरी हेर्नुभएको छ ?

अचम्म मलाई के लागेको छ भने सर्वोच्चले मेरो पक्षमा फैसला गर्नेवित्तिकै उहाँ किन तातिन पर्‍योरु उहाँ र मसँगै काम गरिरहेका छौँ। उहाँ अस्पतालको लागि केही काम नगर्ने, आफ्नो अस्पताल र आईएओएम सपार्न केही काम नगर्ने, यो चार वर्षमा उहाँको पटक पटकको अनसनले गर्दा आईएओएम धरासायी भएको छ। उहाँ अनसनले नै ठूलो सेलिब्रेटी हुनुभएको छ। अहिले उहाँ देशकै महान व्यक्ति, उहाँको अगाडि राज्य नै झुक्न थाल्यो, तर उहाँको पटक पटकको अनसनले आईओएम धरासायी भयो। उहाँले जे गर्नुभएको छ, त्यो गल्ती गर्नुभएको छ।

डाक्टरको काम सबैभन्दा पहिले बिरामीलाई राम्रोसँग हेर्ने र आफ्नो संस्था राम्रो बनाउनु हो। त्यसैले म उहाँलाई भन्छु पहिले आफ्नो घर राम्रोसँग सपार्नुस् अनि बल्ल अरू कुरा गर्नुस्। म त भन्छु उहाँ नै डिन भएर पहिले आईओएम सुधार्नुस् अनि बल्ल रोल मोडल बन्नुहुन्छ। त्यसका लागि हामी साथ दिन तयार छौँ। काम गरेर देखाउनुस्, नारा र अनशन बसेर होइन। अनसन नै बस्ने भए प्राध्यापक छोड्नुस् र रत्नपार्कमा गएर बस्नुस् र नेताहरूको पछि लाग्नुस्। अस्पतालको लागि हो भने यहाँ अनसन नबस्नुस्। देशको लागि हो भने रत्नपार्कमा गएर अनसन गर्नुस्। यहाँ बसेर हामीलाई डिस्टर्ब गर्न पाइँदैन।

तपाईंलाई आफ्नो कार्यकाल लम्ब्याउने चाहना छ कि छैन ?

मलाई पुनस् डिनमा लम्ब्याउने सम्भावना धेरै थियो। भर्खर मलाई विश्वविद्यालयबाट यो प्रस्ताव पनि आएको थियो तर मैले त्यसलाई इन्कार गरिदिएँ। मेरो कार्यकाल लम्ब्याएर डिन बन्दा फेरि डा. केसी अनसन बसिरहनुहुन्छ। त्यसैले डा। केसीलाई अनसनमा राखेर म डिन बन्दिनँ बरु म उहाँलाई भन्छु, ‘अनशन छोडेर डिन बनेर आउनुस्, हामी तपाईंलाई साथ दिन्छौँ, सँगै आईओएमलाई माथि उठाऔँ।’ सर्वोच्चले मेरो बाँकी अवधिका लागि पुनर्वहाली गरेको हो। मेरो अवधि आजदेखि सकिन्छ। म आजसम्म मात्र डिन हुँ। त्यसपछि म आफ्नो पूर्ववत् काममै फर्कन्छु। जुन किसिमले मलाई डिनबाट हटाइएको थियो, त्यसको न्याय माग्न म अदालत गएको हुँ। अदालतले मलाई न्याय पनि दियो। पदावधि सकिएपछि एक मिनेट पनि पदमा बस्दिनँ। भोलिदेखि म पहिले जस्तै नियमित काममा फर्कन्छु, विद्यार्थीहरूलाई पढाउँछु र बिरामी जाँच्छु।

आज अन्तिम दिनको योजना के छ ?

आज मेरो डिनको अवधि रहने अन्तिम दिन हो। आज सार्वजनिक बिदा छ। कार्यालयीय केही काम गर्न सक्दिनँ। तर हाल हाम्रो क्याम्पसमा परीक्षा चलिरहेको छ। त्यसैले परीक्षा हेरिरहेको छु। आज सार्वजनिक बिदा नभएको भए प्रक्रिया पूरा गरेर डिन कार्यालयमा लागेको ताला प्रक्रिया पूरा गरेर ताला खोल्थेँ।

स्रोत : थाहाखबर डट कम

प्रतिक्रिया दिनुहोस
माथिल्लो तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा

  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ६ अर्ब

समानीकरण अनुदान बढाउदै लैजान्छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताएका छन्। प्रदेश

प्रधानमन्त्री लाई विश्वासको मत नदिन कांग्रेसको निर्देशन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन आफ्ना

सभापति देउवा भन्छन गठबन्धनमा समस्या छैन

  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताउनुभएको छ