धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या



हाम्रो इकोनोमि

 

 

कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १ विनाबारी मा रमेश बडायक र उनकी श्रीमती कलमा बडायकको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए । धारिलो हतियारको प्रहारबाट उनीहरूको हत्या भएको उनले बताए । यस विषयमा थप बुझ्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल तर्फ पुग्दै छ । लालझाडी १ का वडाध्यक्ष प्यारेलाल रानाले राति दम्पतीको हत्या भएको बताए । उनका अनुसार श्रीमान्को टाउको फुटेको छ । घरको आँगन रक्ताम्मे छ । महिलाको शव खाटबाट तल झरेको अवस्थामा छ । तालिम प्राप्त कुकुरसहित प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...