बालेनले न्यूरोडमा जे गरे ठिक गरे : विश्वप्रकाश शर्मा



 

बिहीबार प्रतिनिधि सभामा बोल्दै शर्माले नागरिकको सुविधाका लागि न्यूरोडमा सडकपेटी बढाउनुपर्ने आवश्यकता रहेको बताए। न्यूरोडमा सडकपेटी बढाउने काम गर्न काठमाडौं महानगरलाई दिनुपर्ने उनले बताए। ‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्‍यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि!, त्यही तहमा रहेको पार्टीका प्रतिनिधिहरूलाई भने हुन्छ नि। तिनले त्यहीँ भने भइगो नि, मेयरसाब संयमले बोल्नुस्। जेल बसेका नेताहरूलाई सम्मानले बोल्नुस्, तपाईंको शैली बदल्नुस्,’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मेयर बालेन शाहलाई लक्षित गर्दै दिएका अभिव्यक्तिप्रति शर्माले भने, ‘तर आफै सुनिनुभयो बोल्न।’ संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्ने शर्माको भनाइ छ। ‘न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरूरी थियो, बालेनले जे गरेका थिए, ठिक गरेका थिए। उनलाई त्यहाँ काम गर्न दिनुपर्छ, संघले कुनै पनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले काठमाडौंको न्यूरोडमा सडकपेटी (फुटपाथ) बढाउन जरूरी रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
इरान आक्रमण : रुस र चीनद्वारा अमेरिकाको कडा निन्दा

    आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि इरानले माग गरेको संयुक्त राष्ट्र सुरक्षा परिषद्

लुम्बिनीकी सांसद सुमन शर्माविरुद्ध पक्राउ पुर्जी

    लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित वेगनास लेक फ्रन्ट

नेपालका ७२ जिल्ला लिजमा दिउँ भनेपछि सदनमा लफडा, अमरेशलाई कारबाही गर्न माग

    स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालका ४/५ जिल्लामा मात्र बजेट परेको