बालेनले न्यूरोडमा जे गरे ठिक गरे : विश्वप्रकाश शर्मा



हाम्रो इकोनोमि

 

बिहीबार प्रतिनिधि सभामा बोल्दै शर्माले नागरिकको सुविधाका लागि न्यूरोडमा सडकपेटी बढाउनुपर्ने आवश्यकता रहेको बताए। न्यूरोडमा सडकपेटी बढाउने काम गर्न काठमाडौं महानगरलाई दिनुपर्ने उनले बताए। ‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्‍यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि!, त्यही तहमा रहेको पार्टीका प्रतिनिधिहरूलाई भने हुन्छ नि। तिनले त्यहीँ भने भइगो नि, मेयरसाब संयमले बोल्नुस्। जेल बसेका नेताहरूलाई सम्मानले बोल्नुस्, तपाईंको शैली बदल्नुस्,’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मेयर बालेन शाहलाई लक्षित गर्दै दिएका अभिव्यक्तिप्रति शर्माले भने, ‘तर आफै सुनिनुभयो बोल्न।’ संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्ने शर्माको भनाइ छ। ‘न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरूरी थियो, बालेनले जे गरेका थिए, ठिक गरेका थिए। उनलाई त्यहाँ काम गर्न दिनुपर्छ, संघले कुनै पनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले काठमाडौंको न्यूरोडमा सडकपेटी (फुटपाथ) बढाउन जरूरी रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...