माथिल्लो तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा



हाम्रो इकोनोमि

 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ६ अर्ब ५३ करोड रुपैयाँको बिजुली बिक्री गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार विद्युत् बिक्री आम्दानी ५.८ प्रतिशत बढी हो । गत आवको यसै अवधिमा यस्तो आम्दानी ६ अर्ब १७ करोड रुपैयाँ थियो ।

विद्युत् बिक्री आम्दानी उल्लेख्य देखिए पनि कम्पनी भने नोक्सानीमा छ । तेस्रो त्रैमासिक अवधिसम्म यो कम्पनी १ अर्ब ३९ करोड नोक्सानीमा छ । यद्यपि कम्पनीको नोक्सानी पहिलेको तुलनामा घटेको छ । गत आवको तेस्रो त्रैमासमा यस्तो नोक्सानी २ अर्ब २ करोड थियो ।

बिजुली बिक्री आम्दानी उल्लेख्य हुँदा पनि कम्पनी नोक्सानीमा जानुको मुख्य कारण उच्च वित्तीय लागत हो । कम्पनीले बैंकलाई बुझाउनुपर्ने साँवा तथा ब्याज रकम उच्च हुँदा नोक्सानी देखिएको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...