बैंकभित्र अनेकौ घोटाला,चिन्नुहोस जनताको पसिना चुस्न माहिर माफियाहरु



सबैले बैंकलाई आफ्नो मिहेनतको पैसा राख्ने भरपर्दो थैलीको रुपमा बुझ्ने गर्छन । केही बैंक भने जनताको पैसाको सुरक्षा गर्नुको साटो उनीहरुकै पैसामा रजाई गर्ने गरेका छन् । त्यतिमात्र नभई बैंककै कर्मचारीकै मिलेमतोमा रकम हिनामिना गर्ने गरेको तथ्य समेत अहिले बाहिर आएको छ । यो अवस्थामा अब बैंक भनेर ढ्क्क हुने अवस्थामा रहेन । हो यस्तैमध्यकै केही बैंकको काण्ड हामीले उजागर गरेका छौ ।

काण्डै काण्डमा मुछिएको कुमारी बैङ्क थिलथिलो अवस्थामा पुगेको छ । यस अगाडिका सिइओ उदयकृष्ण उपाध्याय यौनकाण्डमा परे । त्यस यता बैङ्कले सञ्चालक बनाएको अर्काे एक व्यक्ति प्रहरीको फरार सूचीमा छन् । यसरी कालोबजारी काण्डका नाइकेलाई कुमारी बैङ्कले पुरस्कृत गरेपछि बैङ्किङ क्षेत्रमै तरङ्ग पैदा भएको छ । एक पछाडि अर्काे काण्डमा फस्दै विवादमा पर्दै गएको सो बैङ्कमा ठग काण्डमा मुछिएका व्यक्तिलाई सञ्चालक बनाइएसँगै शेयरधनीहरु आगो भएका हुन् । बैङ्कभित्र यस्ता हतकण्ड हुँदा राष्ट्र बैङ्क र प्रहरी रमिते बनिरहेको त्यहाँका कर्मचारीहरुले आरोप लगाएका छन् । भूकम्प र सो पछाडिको नाकाबन्दीको समयमा खाने तेलमा कृत्रिम अभाव सृजना गरी उपभोक्ता लुट्दै आएको काण्डमा केयल दुगड समूहको सञ्चालकहरु फरार रहेकै अवस्थामा कुमारी बैङ्कले भने सोही दुगड समूहका एक जना व्यक्तिलाई ल्याएर बैङ्कका सञ्चालकमा मनोनयन गरेपछि सर्वसाधरण शेयरधनीहरु विच्किएका छन् । त्यहाँ अहिले नयाँ सिइओको रुपमा सुरेन्द्र भण्डारी आइपुगेका छन् । उनी समेत विवादमा मुछिएका छन् । कारण एकातिर आफू कार्यरत रहेको सिद्धार्थ बैंकलाई लात्ति हानेर उनी कुमारीमा त भित्रिए तर नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर समयमै निष्कासन नगरेको, घोषणा गरेर पनि लामो समय सम्म राखी अझै जारी नगरेको भन्दै छानबिन सुरु गरेसँगै कुमारी बैंकको ओरालो यात्रा प्रष्ट झल्किएको छ ।

बाफियाको बदनामी
बैंक तथा वित्तिय संस्था (वाफिया) ऐन ०६३ को परिक्षेद् १ को प्रारभ्भिक सेक्सन १८ (ठ) मा वित्तीय संस्था ऐन २०६३ को परिक्षेद १ को ‘ठ’ बुँदा पल्टाउने हो भने त्यहाँ भनिएको छ ‘ नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाई त्यस्तो सजाय भोगेको पाँच वर्ष अवधि नपुगेको । यस्तो व्यक्ति कुनै पनि बैंक तथा वित्तिय संस्थाको सञ्चालक बन्न नपाउने वा अयोग्य ठहरिने कुरा नेपाल राष्ट्र बैंकको वाफिया ऐनमा उल्लेख छ ।तर वाफिया ऐनकै बर्खिलाप हुने गरी कुमारी बैंकका एक सञ्चालक प्रहरीकै फरार सूचीमा परेका व्यक्ति रहेको भेटिन्छ । हाल कुमारी बैंकको सञ्चालक समितिमा सन्तोष कुमार लामा अध्यक्ष छन् । उनी कार्गाे व्यवसायी हुन् । डा.शोभाकान्त ढकाल भाटभेटनीका मालिक मीनबहादुर गुरुङका पाटर्नर हुन । उनी वालुवाटारमा प्रधानमन्त्री निवास नजिकै रहेका १२१ रोपनी सरकारी जग्गा विदेशी कम्पनीलाई विक्री गर्न खोजेको आरोप उनीमाथि लाग्दै आएको छ । त्यहाँ उत्तम प्रसाद भट्टराई,विनोद दवाडी,पुनाराम भट्टराईहरु सञ्चालकको रुपमा देखिन्छन् । यही छन नरेश दुगड । दुगड तिनै व्यक्ति हुन जतिखेर भारतले नाकाबन्दी लगाइरहेको थियो । र सोही समयमा दुगड गु्रपले आफ्ना तेल तथा अन्य उत्पादनहरुमा कृतिम अभाव श्रृजना गरी चरम मूल्यबृद्धि गरेको थियो । खानेतेलमा स्टिकर परिवर्तन गरी दुई ट्रक खानेतेल प्रहरीले वरामत गरेको थियो । उनीहरु विरुद्ध उपभोक्तावादीहरुले ९ करोड रुपैंया विगो दावी गर्दै जिल्ला अदालतमा मुद्धा दर्ज भएको छ । यही अभियोगमा दुगड गु्रपका मुख्य सञ्चालकहरु फरार छन । तिनैमध्यका एक प्रहरीको फरारको सूचीमा रहेका व्यक्ति कुमारी बैंकमा सञ्चालकको रुपमा देख्न पाइन्छ ।


सो बैङ्कमा केएल दुगड गु्रपका सञ्चालक नरेश दुगड अहिले पनि बोर्ड सञ्चालकका हैसियतमा कार्यरत छन् । जबकि बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार सञ्चालक समितिमा बस्नका लागि कुनै पनि कसुरमा नमुछिएको व्यक्ति हुनुपर्ने ऐनमा उल्लेख छ । तर, वाफिया ऐनलाई धोती लगाँउदै सो बैङ्कका सञ्चालकमा कालोबजारी तथा ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गर्दै पक्राउ पुुर्जी जारी गरेको व्यक्तिलाई बैङ्कमा सञ्चालक बनाएर लगिएपछि बैङ्कको छविबारे समेत प्रश्न चिन्ह उठ्न थालेको छ ।
अर्काेतिर अदालतले समेत दोषी ठहर गरेको व्यक्तिलाई कसरी र कसको रुचिमा सो बैकको सञ्चालक बनाइयो चासोको विषय मात्र बन्न पुगेको छैन,उनको नियुक्तिले ‘बाफिया’ऐनकै धज्जी उडेको छ । स्मरण रहोस् बैङ्क तथा वित्तीय संस्था ऐन २०६३ को परिक्षेद १ को ‘ठ’ बुँदा पल्टाउने हो भने त्यहाँ भनिएको छ ‘ नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाई त्यस्तो सजाय भोगेको पाँच वर्ष अवधि नपुगेको ।

यस्तो व्यक्ति कुनै पनि बैंक तथा वित्तिय संस्थाको सञ्चालक बन्न नपाउने वा अयोग्य ठहरिने कुरा नेपाल राष्ट्र बैंकको वाफिया ऐनमा उल्लेख छ । तर, सोही काण्डमा मुछिएर अदालतबाट दोषी ठहर गरेको व्यक्ति पाँच वर्ष नबित्दै बैङ्कका सञ्चालक बन्न आइपुगेका छन् । यसरी विवाद्स्पद् व्यक्तिलाई बैंकको सञ्चालक बनाइदा समेत नेपाल राष्ट्रबैंक भने रमि तबनेको छ । त्यहाँ कारवाहीका लागि कुनै पहल भएको छैन ।
सुरेन्द्रको बेग्लै सुर
बरु उदयकृष्ण उपाध्याय यौनकाण्डमा परेर जागिर गएपछि वर्ष दिनसम्म निमित्त सिइओको भरमा चल्दै आएको कुमारी बैंकमा सुरेन्द्र भण्डारीलाई भित्राइएको छ । स्मरण रहोस,भण्डारी यस अगाडि सिद्धार्थ बैंकमा सिइओको रुपमा कार्यरत थिए । उनी सिद्धार्थ बैंकमा आफ्नो कार्यकाल पूरा नहुँदै कुमारी बैंकमा प्रवेश गरेका हुन । कुमारी बैंकको सञ्चालक समितिको बैठकले भण्डारीलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त पाएका उनलाई सिद्धार्थ बैंकमा एक कार्यकाल सकिएपछि गत वर्षको असारमै एक कार्यकाल थप गरिएको थियो । चार वर्षका लागि भएको उक्त सहमतिको एक वर्ष नबित्दै भण्डारी सिद्धार्थ छोडेर कुमारीमा प्रवेश गरेका हुन । सिद्धार्थ बैंकसँग घात गरेर कुमारी बैंकमा प्रवेश गरेका सुरेन्द्रले कुमारी बैंकलाई समेत जुन कुनै समयमा घात गर्न सक्दैनन् भन्ने के ग्यारेन्टी छ ?
उता, मर्जको नाममा सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा मर्ज भाँडिएपछि कुमारी बैंक र एनसीसी बैंक कारबाहीको सूचीमा परेका छन् । नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूह रहेको एनसीसी बैंकको अनावश्यक दबाबमा मर्जको प्रक्रिया अघि बढाएकोमा कुमारी बैंकले असन्तुष्टी राख्दै आएको थियो । दुबै बैंकले मर्जको प्रक्रिया अघि बढाएपछि भएको खर्च दुबैले व्यहोर्नुपर्ने भएको छ । स्रोतका अनुसार कुमारी र एनसीसी बैंकबीचको मर्जको प्रक्रियाको कूल खर्च झण्डै ३ करोड रुपैयाँ पुगेको थियो । अब दुबै बैंकले त्यसको आधा रकम आफ्नो कम्पनीको नाफाबाट व्यहोर्नुपर्ने छ । कुमारी र एनसीसीसँगै इन्टरनेशनल डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक, इन्फ्रास्टक्चर डेभलपमेण्ट बैंक र सुप्रिम डेभलपमेण्ट बैंक मर्जको प्रक्रियामा जान झण्डै एक वर्षदेखि प्रक्रियामा थिए । तर, अन्तिम समयमा आएर कुमारी र एनसीसी बैंकबीच स्वाप रेसियोको विवाद मिलेपनि एनसीसीको तर्फबाट नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहले कुमारी बैंकलाई विकास बैंकको नजरले हेरेपछि मर्जको प्रक्रिया भाँडिएको थियो । यही कारण कुमारी बैंकलाई आफ्नो चुक्ता पूँजी वृद्धि गर्न समेत सकस पर्दै गएको छ ।
निरिहता
काण्ड र कुमारी बैङ्क एक अर्काको परिपुरक भैसकेका छन् । यस अगाडिका सिइओ यौनकाण्डमा मुछिएर बदनामी कमाएका थिए । राधेश पन्त सिइओ हुँदा समेत बैङ्क विवादमा मुछिएको थियो । यता झन्डै एक वर्ष सिइओविहिन कुमारी बैङ्कले केही महिना अगाडी सिइओ पाए पनि बैङ्क फेरि विवादमा फसेको छ । सिद्धार्थ बैङ्कबाट सुरेन्द्र भण्डारीलाई उदयको ठाउँमा त ल्याइयो तर उनी पनि असक्षम साबित भएका छन् । नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर समयमै निष्कासन नगरेको, घोषणा गरेर पनि लामो समय सम्म राखी अझै जारी नगरेको भन्दै छानबिन सुरु गरेपछि सुरेन्द्र भण्डारी पनि निरिह सिइओ साबित बन्न पुगेका छन् ।
अछुत छैन एनसीसी
कुमारी बैंक मात्र होइन । नेपाल राष्ट्रबैंकले लामो प्रयास पछाडि सुधारेको नेपाल क्रेडिट एण्ड कर्मस बैंकमा समेत यस्तै काण्डवाल सञ्चालक रहेको भेटिन्छ । त्यहाँ १८ करोड रुपैयाँ फर्जी ऋण काण्डका नाइके नै सञ्चालकको रुपमा रहेको भेट्न सकिन्छ । यो प्रंसग चाहिँ हो एपेक्सका तत्काली अध्यक्ष बिष्णुु प्रसाद धितालको । उनीमाथि फर्जी कागजात र नक्कली ऋणी खडा गरेर झण्डै ५० जना सोझा साझा व्यक्तिहरुको नाउँमा १८ करोड रुपैयाँ भन्दा बढी कर्जा निकालेको आरोप छ । तर एपेक्स मर्जर मार्फत एनसीसीमा गाभिएपछि उक्त कर्जा उठाउने दायित्व एनसीसीमा सर्यो । तत्कालीन एपेक्सका अध्यक्ष बिष्णुु प्रसाद धिताल अहिले एनसीसी बैंकमा पनि सञ्चालक रहेका छन् । बिगतमा आफुले फर्जी कागजातको आधारमा करौडौं रुपैयाँ कर्जा निकालेर दुुरुपयोग गरेको घटना सार्वजनिक भएको र पीडितहरुले नेपाल राष्ट्र बैंक, अख्तियार दुुरुपयोग अनुसन्धान आयोग, राष्टिय सर्तकर्ता केन्द्र लगायतमा उजुरी हालेका पनि हुन तर माथिसम्मै सेटिङ मिलाइएको स्रोतको दावा छ । धितालले आफूलाई नेपाली काँग्रेसको जिल्ला नेता भएको बताँउदै यो प्रकरणमा गभर्नर डा. चिरञ्जीवी नेपाल मार्फत मिलाउने खेलमा लागेको पीडितहरुको आरोप छ ।
सञ्चालकहरुकै चलखेल
सोही बैंकमा व्यवस्थापन प्रमुुखहरु बिभिन्न समयमा बैकिङ घोटाला प्रकरणमा मुछिएका व्यक्तिहरु नै रहेकोभेटिन्छ । स्रोतका अनुसार बैंकका प्रमुुख कार्यकारी अधिकृत रमेश राज अर्याल एनबी समुहका लक्ष्मी बहादुर श्रेष्ठ, जीत बहादुर श्रेष्ठ सहितका व्यक्तिहरुको स्वार्थ अनुुरुप काम गर्ने व्यक्तिको रुपमा चिन्ने गरिन्छ । त्यस्तै डिजिई रेवन्त कुमार दाहाल बिगतमा टुरिज्म डेभलमेन्ट बैक भित्रको पाँच करोड रुपैयाँ बराबरको गुडफर पेमेन्ट काण्डमा मुछिएका व्यक्ति हुन । बैकका सञ्चालक बिष्णु प्रसाद धिताल तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका कमसल धितोमा करोडौं रुपैयाँ कर्जा प्रवाह गरेको भएपनि राजनीतिक आवरणमा हालसम्म सुरक्षित रहेकाछन् ।

यस्तै खराव आचरण भएका व्यवस्थापनको झुण्ड समुहले गर्दा नै एनसीसी बैंकको बित्तीय अवस्था डामाडोल बन्न पुगेको छ ।यता, तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको खराव कर्जाका कारण बित्तीय रुपमा थला परेको नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) मा फेरि पनि गैरकानुनी कार्य भएको देखिएको छ ।

बैंकले राष्ट्र बैंकले नीति बिपरत व्यक्तिगत सम्वन्ध कै आधारमा एक व्यक्तिलाई छ करोड रुपैयाँ कर्जा दिएको फेला परेको त्यहाँका एक कर्मचारीले जनाएका छन । उनका अनुसार, कर्जाको कागजी प्रकृया पुरा नभएको अवस्थामा पनि एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल, बन्दना पाठक समेतको व्यक्तिगत स्वार्थका कारण छ करोड रुपैयाँ कर्जा डुब्ने अवस्थामा पुगेको छ । राष्ट्र बैंकको नियम अनुसार एक करोड रुपैयाँ भन्दा बढी कर्जा प्रयोगको लागि अनिवार्यरुपमा स्थायी लेखा नम्वर अर्थात (प्यान) लिएको हुनुपर्छ ।

तर बैंकले स्थायी लेखा नम्वर नै नलिएका सुवास राज काफ्लेको लागि छ करोड रुपैयाँको लागि बैंक ग्यारेन्दी दिएको थियो । काफ्लेले कृषि बिकास बैंकले आफ्नो गैर—बैकिङ सम्पतीको रुपमा झापाको धुलाबारीमा रहेको ८० रोपनी जग्गा लिलामको लागि टेण्डर आव्हान गरेको थियो । उक्त टेण्डरमा बढी रकम बोलकवोल गर्दे काफ्लेले टेण्डर हालेका थिए । सोही जग्गााको टेण्डर प्रकृयामा काफ्लेले एनसीसी बैंकसंग छ करोड रुपैयाँको बैंक ग्यारेन्टी लिएका थिए । राष्ट्र बैंकको नियम अनुसार एक करोड रुपैयाँ भन्दा बढीको ऋणको लागि प्यान नम्वर अनिवार्य भएपनि काफ्ले र बैकका उच्च अधिकारी मिलेमतोमा प्यान नम्वर बिना नै छ करोड रुपैयाँको बैक ग्यारेन्टी स्वीकृत भएको थियो ।

उक्त बिषयमा राष्ट्र बैंकको बाँणिज्य बैक सुपरीवेक्षण बिभागले पनि आफ्नै तरिकाले अनुसन्धान गरिरहेको श्रोतले बताएको छ । धिताल एनसीसी बैंकमा पुगेसँगै झनै बैंक रसातालमा भासिएको बैंकका एक सञ्चालक बताँउछन् । यद्यपि कांग्रेसी नेता भएकै कारण गभर्नर चिरञ्जिवी नेपालसँगको हिमचिमका कारण उनलाई समेत कारवाही हुन सकेको छैन ।

यसरी नियामक निकायमा बसेका व्यक्ति पार्टीगत स्वार्थमा रुमलिएर कारवाही गर्न डराँउदा सर्वसाधरणहरुले खाइ नखाई बचत गरेको रकम जोखिममा पर्ने अवस्थामा पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस
एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा लगानी गर्ने

  नेपालको अग्रणी प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग रु. ९

गृहमन्त्री लेखक र चीनका राजदूतबीच भेटवार्ता

    गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट

काटिएका उद्योगको लाइन जोडिन्छ : मन्त्री खड्का

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका

प्रधानमन्त्रीको सवालजवाफमा माओवादीको आपत्ति

    संसद बैठकमा आज प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रमको सुरुवातमै