चोरेरै ६ करोडको सम्पत्ति, प्रेम थारू कारागार चलान



हाम्रो इकोनोमि

 

चोरी गरेरै करोडौं सम्पत्ति जोडेको आरोपमा पक्राउ परेका प्रेम थारू कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले थारूलाई कारागार चलानको आदेश दिएको हो ।

चोरी र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलेको उनी अदालतको आदेशपछि कारागार चलान भएका छन् । उनी पछिल्लो पटक बौद्धको एक घरबाट ६५ तोलाभन्दा बढी सुन चोरी गरेको आरोपमा गत माघमा पक्राउ परेका थिए । प्रहरीले उनलाई राजधानीमै गोली हानेर पक्राउ गरेको थियो । अनुसन्धान गर्दा उनले एक करोडको हाइलक्स गाडी चढ्ने, चोरी गरेकै रकमले बाँकेमा साढे तीन तले घर बनाएको समेत खुलेको थियो । त्यसपछि प्रहरीले सम्पत्ति शुद्धीकरणको मुद्दा समेत चलाएको थियो । यसअघि पनि उनी पटक पटक पक्राउ गर्दै मुद्दा चलेर थुनामा गएका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...