चोरेरै ६ करोडको सम्पत्ति, प्रेम थारू कारागार चलान



हाम्रो इकोनोमि

 

चोरी गरेरै करोडौं सम्पत्ति जोडेको आरोपमा पक्राउ परेका प्रेम थारू कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले थारूलाई कारागार चलानको आदेश दिएको हो ।

चोरी र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलेको उनी अदालतको आदेशपछि कारागार चलान भएका छन् । उनी पछिल्लो पटक बौद्धको एक घरबाट ६५ तोलाभन्दा बढी सुन चोरी गरेको आरोपमा गत माघमा पक्राउ परेका थिए । प्रहरीले उनलाई राजधानीमै गोली हानेर पक्राउ गरेको थियो । अनुसन्धान गर्दा उनले एक करोडको हाइलक्स गाडी चढ्ने, चोरी गरेकै रकमले बाँकेमा साढे तीन तले घर बनाएको समेत खुलेको थियो । त्यसपछि प्रहरीले सम्पत्ति शुद्धीकरणको मुद्दा समेत चलाएको थियो । यसअघि पनि उनी पटक पटक पक्राउ गर्दै मुद्दा चलेर थुनामा गएका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...