रासायनिक मलको अभाव नहुने सरकारको दाबी



हाम्रो इकोनोमि

 

 

नेपालमा हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको पाइएको छ  । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन मल आपूर्ति भइसकेको छ  । यसमध्ये ४ लाख ६३ हजार १०७ मेट्रिक टन किसानलाई बिक्री गरिसकिएको छ ।

गोदाममा रहेको, नेपाल भित्रिसकेको र गोदममा इन्ट्री हुन बाँकी रहेको गरेर हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन मल मौज्जाद रहेको छ’ मन्त्री चौधरीले प्रतिनिधिसभा बैठकलाई जानकारी दिएकी छन् । चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको उनले जानकारी दिइन् ।

मध्यपूर्वको द्वन्द्वका कारण रासायनिक मल आर्पुितमा समेत समस्या भएको उनले बताइन् । उनका अनुसार एक लाख ८७ हजार मेट्रिक टन मल आयात हुन सकेको छैन । भारतसँग जिटुजीमार्फत ५० हजार मेट्रिक टन मल खरिदको प्रक्रिया मन्त्रिपरिषद्‍बाट स्वीकृति लिएर अगाडि बढाइएको पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...