जलविद्युतलाई लक्षित गर्दे धितोपत्र बोर्डले ग¥यो कडाई, अब आइपिओ निष्काशन गर्दा यी प्रावधान पूरा गर्नुपर्ने



नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीको शेयर निष्काशन गर्दा थप कडा प्रावधान ल्याएको छ।

जलविद्युत कम्पनी निर्माणमा संस्थापकले बढी लगानी देखाउने र प्रतिफल कम पाउन थालेपछि बोर्डले शेयर निष्काशनमा कडार्इ गरेको हो।

जलविद्युत कम्पनीको शेयर निष्काशन गर्दा संचालन अवधि तीन वर्ष भएमा तीन वर्षको लेखापरीक्षण भएको वित्तिय विवरण अनुसार प्रति शेयर खुद सम्पत्ति र प्रति शेयर आम्दानी उल्लेख गर्नुपर्ने प्रावधान ल्याएको छ।

सार्वजनिक निष्काशन लागि तयार पारिने विवरणपत्रमा स्पस्ट देखिनेगरि राख्नुपर्ने प्रावधान ल्याएको हो।जलविद्तुत आयोजना भएमा प्रतिमेगावाट लागत,विद्युत उत्पादन अनुमतिको बाँकी अवधि, लगानी फिर्ता हुने अवधि समेत उल्लेख गर्नपर्ने बोर्डले जनाएको छ।

बोर्डले प्रक्षेपित वित्तिय विवरण प्रमाणित गर्दा निष्काशनकर्ता संस्थाको लेखापरीक्षले प्रक्षेपित वित्तिय विवरण ठीक रहेको स्पस्ट रुपमा प्रमाणित गर्नुपर्ने जनाएको छ।संगठित संस्थाले विवरणपत्रमा प्रक्षेपण गरेको विवरणहरु तथा वास्तविक विवरण तुलनात्मक रुपमा वार्षिक तालिकामा प्रस्तुत गर्नुपर्ने बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

    ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । ब्राजिलको