जलविद्युतलाई लक्षित गर्दे धितोपत्र बोर्डले ग¥यो कडाई, अब आइपिओ निष्काशन गर्दा यी प्रावधान पूरा गर्नुपर्ने



हाम्रो इकोनोमि

नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीको शेयर निष्काशन गर्दा थप कडा प्रावधान ल्याएको छ।

जलविद्युत कम्पनी निर्माणमा संस्थापकले बढी लगानी देखाउने र प्रतिफल कम पाउन थालेपछि बोर्डले शेयर निष्काशनमा कडार्इ गरेको हो।

जलविद्युत कम्पनीको शेयर निष्काशन गर्दा संचालन अवधि तीन वर्ष भएमा तीन वर्षको लेखापरीक्षण भएको वित्तिय विवरण अनुसार प्रति शेयर खुद सम्पत्ति र प्रति शेयर आम्दानी उल्लेख गर्नुपर्ने प्रावधान ल्याएको छ।

सार्वजनिक निष्काशन लागि तयार पारिने विवरणपत्रमा स्पस्ट देखिनेगरि राख्नुपर्ने प्रावधान ल्याएको हो।जलविद्तुत आयोजना भएमा प्रतिमेगावाट लागत,विद्युत उत्पादन अनुमतिको बाँकी अवधि, लगानी फिर्ता हुने अवधि समेत उल्लेख गर्नपर्ने बोर्डले जनाएको छ।

बोर्डले प्रक्षेपित वित्तिय विवरण प्रमाणित गर्दा निष्काशनकर्ता संस्थाको लेखापरीक्षले प्रक्षेपित वित्तिय विवरण ठीक रहेको स्पस्ट रुपमा प्रमाणित गर्नुपर्ने जनाएको छ।संगठित संस्थाले विवरणपत्रमा प्रक्षेपण गरेको विवरणहरु तथा वास्तविक विवरण तुलनात्मक रुपमा वार्षिक तालिकामा प्रस्तुत गर्नुपर्ने बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...