पोखरा फाइनान्सको हकप्रद सेयर पुस ३० गतेदेखि खुल्ने



हाम्रो इकोनोमि

पोखरा फाइनान्स लिमिटेड ले १५ प्रतिशत हकप्रद शेयर पुस ३० गते देखि बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यका ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासन बन्द हुने मिति फागुन ६ गते रहेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा पोखरा फाइनान्सका सम्पूर्ण शाखा कार्यालय र नेपाल इन्भेष्टमेन्ट बैंकका विराटनगर, विरगंज, नेपालगंज, नारायणगढ, बुटवल र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले एफपीओ निष्काशन पश्चात चुक्ता पूँजी ६५ करोड ५७ लाख ८८ हजार कायम भएको छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी ७५ करोड ४१ लाख पुग्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कायम गर्न गत आर्थिक बर्षमा कमाएको ८ करोड ७७ लाख नाफाबाट ५ करोडको बोनस वितरण गर्नुपर्ने देखिन्छ ।

चालु आवको प्रथम त्रैमासमा फाइनान्स कम्पनीले एक करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...