प्रिमियर इन्स्योरेन्सको एफपिओ पुष १६ देखि बिक्री खुला



हाम्रो इकोनोमि

प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रति कित्ता ७९९ रुपैयाँमा छ लाख ५९ हजार कित्ता एपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ।

कम्पनीले छ करोड ५९ लाख रुपैयाँ बराबरको प्रति शेयर एक सय रुपैयाँको दरमा थप ६९९ रुपैयाँ प्रिमियम सहित ७९९ रुपैयाँमा पुष १६ गतेदेखि सर्वसधारणकालागि सार्वजनिक निष्कासन गरेको जनाएको छ।

कम्पनीको एफपिओमा आवेदन दिन चाहनले न्यूनतम १० कित्ता र अधिकतम ३ हजार २९० कित्तासम्म पाउने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ।

कम्पनीको एफपिओ छिटोमा पुष १९ गतेसम्म र ढिलोमा माघ १५ गतेसम्म बिक्री खुल्ला हुने एनएमबि क्यापिटलले जनाएको छ। एफपिओ आवेदनको लागि एनएमबि क्यापिटल नागपोखरी, प्रिमियर इन्स्योरेन्स कम्पनी नक्साल र आस्वा सुविधा भएका संम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु रहेका छन्।

कम्पनीको एफपिओ निष्कासनसँगै संस्थापक शेयरधनीको पूँजी ५२.३१ प्रतिशत अर्थात २६ करोड ९१ लाख रुपैयाँ र सर्वसधारण समुह तर्फ ४७.६९ प्रतिशत अर्थात २४ करोड ५३ लाख रुपैयाँ हुनेछ। साथै एफपिओ निष्कासन पश्चात चुक्ता पूँजी ५१ करोड ४४ लाख रुपैयाँ पुग्ने छ।

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट

    अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा यही १९ जुन (शुक्रबार)मा शान्ति सम्झौता हुने...

अमेरिका–इरानबीच शान्ति सम्झौताको घोषणा

    फारसको खाडी क्षेत्रमा जारी तनाव अन्त्य गर्ने विषयमा अमेरिका र इरानबीच...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

नबिल बैंक र धुलिखेल अस्पतालबीच रणनीतिक साझेदारीमा हस्ताक्षर

    नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं...