प्रिमियर इन्स्योरेन्सको एफपिओ पुष १६ देखि बिक्री खुला



हाम्रो इकोनोमि

प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रति कित्ता ७९९ रुपैयाँमा छ लाख ५९ हजार कित्ता एपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ।

कम्पनीले छ करोड ५९ लाख रुपैयाँ बराबरको प्रति शेयर एक सय रुपैयाँको दरमा थप ६९९ रुपैयाँ प्रिमियम सहित ७९९ रुपैयाँमा पुष १६ गतेदेखि सर्वसधारणकालागि सार्वजनिक निष्कासन गरेको जनाएको छ।

कम्पनीको एफपिओमा आवेदन दिन चाहनले न्यूनतम १० कित्ता र अधिकतम ३ हजार २९० कित्तासम्म पाउने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ।

कम्पनीको एफपिओ छिटोमा पुष १९ गतेसम्म र ढिलोमा माघ १५ गतेसम्म बिक्री खुल्ला हुने एनएमबि क्यापिटलले जनाएको छ। एफपिओ आवेदनको लागि एनएमबि क्यापिटल नागपोखरी, प्रिमियर इन्स्योरेन्स कम्पनी नक्साल र आस्वा सुविधा भएका संम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु रहेका छन्।

कम्पनीको एफपिओ निष्कासनसँगै संस्थापक शेयरधनीको पूँजी ५२.३१ प्रतिशत अर्थात २६ करोड ९१ लाख रुपैयाँ र सर्वसधारण समुह तर्फ ४७.६९ प्रतिशत अर्थात २४ करोड ५३ लाख रुपैयाँ हुनेछ। साथै एफपिओ निष्कासन पश्चात चुक्ता पूँजी ५१ करोड ४४ लाख रुपैयाँ पुग्ने छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...