आइएमई लाइफको ६० करोडको आइपीओ आउँदै



हाम्रो इकोनोमि

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्व साधारणलाई सेयर (आइपीओ ) जारी गर्ने प्रस्ताव सहित आफ्नो पहिलो बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २६ गते लैनचौर ब्याङ्क्वेट, लैनचौरमा साधारणसभा राखेको छ ।

२ अर्ब चुक्तापूँजी रहेको कम्पनीले संस्थापक समूहको ७० र सर्वसाधारण समूहको ३० प्रतिशत लगानी संरचना बनाउने गरी आइपीओ जारी गर्न लागेको हो । जस अनुसार कम्पनीले ३० प्रतिशत अर्थात् ६० करोड साधारण शेयर निष्कासन गर्नेछ ।

१ अर्ब ४० करोड चुक्तापुँजी र ३ अर्ब अधिकृत पुँजी सहित गत असार २० गते बीमा समितिबाट अनुमति पाएको कम्पनीले गत भदौ १ गतेदेखि सञ्चालनमा आएको थियो ।

साथै साधारण सभाले संचालक समितिको निर्वाचन र लेखापरीक्षक नियुक्त समेत गर्नेछ ।

कम्पनीमा आईएमई समूह र सोसँग आबद्ध व्यक्ति तथा संस्थाको ४० प्रतिशतभन्दा बढी स्वामित्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...