आइएमई लाइफको ६० करोडको आइपीओ आउँदै



हाम्रो इकोनोमि

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्व साधारणलाई सेयर (आइपीओ ) जारी गर्ने प्रस्ताव सहित आफ्नो पहिलो बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २६ गते लैनचौर ब्याङ्क्वेट, लैनचौरमा साधारणसभा राखेको छ ।

२ अर्ब चुक्तापूँजी रहेको कम्पनीले संस्थापक समूहको ७० र सर्वसाधारण समूहको ३० प्रतिशत लगानी संरचना बनाउने गरी आइपीओ जारी गर्न लागेको हो । जस अनुसार कम्पनीले ३० प्रतिशत अर्थात् ६० करोड साधारण शेयर निष्कासन गर्नेछ ।

१ अर्ब ४० करोड चुक्तापुँजी र ३ अर्ब अधिकृत पुँजी सहित गत असार २० गते बीमा समितिबाट अनुमति पाएको कम्पनीले गत भदौ १ गतेदेखि सञ्चालनमा आएको थियो ।

साथै साधारण सभाले संचालक समितिको निर्वाचन र लेखापरीक्षक नियुक्त समेत गर्नेछ ।

कम्पनीमा आईएमई समूह र सोसँग आबद्ध व्यक्ति तथा संस्थाको ४० प्रतिशतभन्दा बढी स्वामित्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...