ओम डेभलपमेन्ट बैंकको २ लाख ५२ हजार कित्ता सेयर लिलामीमा,  पुष ९ गतेसम्म आवेदन दिन सकिने



हाम्रो इकोनोमि

ओम डेभलपमेन्ट बैंकले लिलामीमा राखेको २ लाख ५२ हजार ६ सय ६९ कित्ता सेयरको लागि आवेदन खुलेको छ । बैंकले निष्कासन गरेको हकप्रदमा अवितरित सेयर लिलामीमा ल्याएको हो । उक्त सेयरका लागि पुष ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकले हकप्रदमा बिक्री नभएको संस्थापकतर्फको ४६ हजार ८२ कित्ता र सर्वसाधारण समूहतर्फको २ लाख ६ हजार ५ सय ८७ कित्ता सेयरको लिलामी खुलाएको हो ।

इच्छुक लगानीकर्ता व्यक्ति वा संघसंस्थाले न्यूनतम १०० रुपैयाँ मूल्य राखी साधारणतर्फको न्यूनतम १०० कित्ता तथा संस्थापक तर्फको सेयरको लागि न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्ने बताइएको छ ।

बैंकको सेयर बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल रहेको छ । बिक्री प्रबन्धकको काठमाण्डौ लाजिम्पाटस्थित मुख्य कार्यालय, ललितपुरको लगनखेलस्थित शाखा कार्यालय, ओम डेभलपमेन्ट बैंक लिमीटेडका पोखरास्थित केन्द्रीय कार्यालय र बुटवलस्थित शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज र धनगढीस्थित शाखा कार्यालयबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकको दोश्रो बजारमा प्रतिकित्ता अन्तिम बिक्री मूल्य २६० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...