ओम डेभलपमेन्ट बैंकको २ लाख ५२ हजार कित्ता सेयर लिलामीमा,  पुष ९ गतेसम्म आवेदन दिन सकिने



हाम्रो इकोनोमि

ओम डेभलपमेन्ट बैंकले लिलामीमा राखेको २ लाख ५२ हजार ६ सय ६९ कित्ता सेयरको लागि आवेदन खुलेको छ । बैंकले निष्कासन गरेको हकप्रदमा अवितरित सेयर लिलामीमा ल्याएको हो । उक्त सेयरका लागि पुष ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकले हकप्रदमा बिक्री नभएको संस्थापकतर्फको ४६ हजार ८२ कित्ता र सर्वसाधारण समूहतर्फको २ लाख ६ हजार ५ सय ८७ कित्ता सेयरको लिलामी खुलाएको हो ।

इच्छुक लगानीकर्ता व्यक्ति वा संघसंस्थाले न्यूनतम १०० रुपैयाँ मूल्य राखी साधारणतर्फको न्यूनतम १०० कित्ता तथा संस्थापक तर्फको सेयरको लागि न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्ने बताइएको छ ।

बैंकको सेयर बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल रहेको छ । बिक्री प्रबन्धकको काठमाण्डौ लाजिम्पाटस्थित मुख्य कार्यालय, ललितपुरको लगनखेलस्थित शाखा कार्यालय, ओम डेभलपमेन्ट बैंक लिमीटेडका पोखरास्थित केन्द्रीय कार्यालय र बुटवलस्थित शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज र धनगढीस्थित शाखा कार्यालयबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकको दोश्रो बजारमा प्रतिकित्ता अन्तिम बिक्री मूल्य २६० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १५ अर्ब

    रसुवाको भोटेकोसी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम...

असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...